मोरङबाट ३५ ग्राम ब्राउन सुगरसहित भारतीय पक्राउ

alt
  • श्रावण ५, २०७७
  • अपराध न्यूज

विराटनगरको रानीबाट प्रहरीले ब्राउन सुगर (खैरो हेरोइन)सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अन्दाजी १९-२० वर्षीय तारिकचन अनवर ३५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१५ रानीस्थित पेट्रोल पम्प नजिकैबाट आइतबारराति ८ बजेतिर पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी राति ८ बजेतिर भारतबाट विराटनगरतर्फ साइकलमा आउँदै थिए । शंका लागेर चेकजाँच गर्दा ब्राउन सुगर बरामद भएपछि पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

उनी भारत कुन ठाउँका हुन् भन्ने खुल्न बाँकी छ । ब्राउन सुगरसहित पक्राउ परेका युवालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ ।

सम्बन्धित समाचारहरु

१३ वर्षदेखि फरार अभि ...

लागुपदार्थ कारोबारसम्बन्धी मुद्दामा १३ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन्। गाँजासम्बन्धी मुद ...

करणीको पोल खोल्ने डर ...

१४ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरी भारत बेच्न लैजाँदै गर्दा उद्धार गरिएको छ । आर्थिक प्रल ...

फेसन सो गर्ने भन्दै ...

फेसन सो आयोजक बताउँदै एक व्यवसायीसँग ड्रोनसहित २० लाख रुपैयाँ बराबरको सामग्री ठगेको आरोपमा दुई युवकल ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved