प्रदेश १ को नीति तथा कार्यक्रम : फरेन्सिक ल्यावको स्तरोन्नति, बोर्डर आउटपोष्ट थपिने

alt
  • जेठ २४, २०७७
  • अपराध न्यूज

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  शुक्रबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरे । प्रदेश सरकारको नीति तथा कार्यक्रम कृषि र स्वास्थ्यमा प्राथमिकता दिइएको छ ।

यस्तै अपराध तथा सुरक्षा बिषयमा समेत केही महत्वपूर्ण योजना अघि सारिएको छ । जसमा प्रदेशमा शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षाकर्मीहरुको मनोवललाई उच्च बनाईने भनिएको छ ।

अपराध अनुसन्धान कार्यलाई आधुनिक र बैज्ञानिक बनाउन फरेन्सिक ल्यावको स्तरोन्नति र जनशक्तिको क्षमता अभिवृद्धि गरिनुको साथै निर्माणाधिन प्रहरी चौकीहरुलाई यसै आ.व.भित्र सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश प्रहरी गठन सम्बन्धी विधेयक यसै आ.ब.मा प्रदेश सभामा प्रस्तुत गरिने बताइएको छ । प्रदेश प्रहरीलाई सक्षम, सबल र सुदृढ बनाउँदै जनमैत्री एवम् प्रविधिमैत्री संगठनको रुपमा विकास गरी शान्ति सुरक्षा एवम् सुव्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश सुरक्षा नीति तर्जुमा गरिने जनाइएको छ ।

साथै सडक दुर्घटना न्यूनीकरणका लागि “सुरक्षित यात्राका लागि सडक सुशासन” कार्यक्रमलाई निरन्तरता दिदैं यस सम्बन्धी कार्यदलबाट प्राप्त सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै लगिने कारागारहरुलाई सुधारगृहका रुपमा विकास गर्न विद्यमान कारागारहरुको सुदृढीकरण गर्दै प्रादेशिक कारागारको अवधारणालाई कार्यान्वयन गर्न विस्तृत अध्ययन गरिने उल्लेख छ। “सुरक्षित सीमा, सुरक्षित जीवन” को प्रत्याभूतिका लागि सीमा क्षेत्रमा रहेका बोर्डर आउटपोष्ट (बि.ओ.पी.) निर्माण कार्यलाई निरन्तरता दिइने समेत जनाइएको छ ।

सम्बन्धित समाचारहरु

इटहरीमा ७९ वर्षीय वृ ...

घाँस काट्न गएका एक वृद्ध बिहीबार मृत अवस्थामा भेटिएका छन् । इटहरी ७ स्थित बज्राहमा सोही स्थान बस्ने ...

राउडिजमले चोर्‍यो टि ...

डिथ्री अनलाइन संचालन गरिरहेको परिकला मिडिया प्रालिको आयोजनामा भैरहेको 'टिकटक तिज क्विन-२०७७'को प्रोम ...

यी हुन प्रदेश १ प्रह ...

गत कार्तिकमा उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँमा १३ वर्षीया बालिका एल्जिना खड्काको सामुहिक बलात ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved