विराटनगरका औषधी व्यवसायी देवी प्रसाद दुलालको आफ्नै श्रीमतीको योजनाबाट हत्या भएको प्रहरी निष्कर्षमा पुगेको छ ।इटहरी १२ ठेगाना भएका ३३ वर्षीय दुलाल आइतबार बिहान शङ्कास्पद अवस्थामा उनकै डेराबाट मृत भेटिएका थिए ।
मोरङ प्रहरीका अनुसार उनको हत्यामा श्रीमती र अर्को एक व्यक्ति पनि संलग्न भएको दाबी गरिएको छ । दुलालले सञ्चालन गरेको देवी माँ पाथीभरा फर्मामा तीन महिना अघि काम गर्ने ब्रह्मदेव साह र उनको श्रीमती मिना श्रेष्ठ दुलालको पूर्व योजना अनुसार शनिवार राती डोरीले घाँटी थिचेर हत्या गरेका हुन् ।
'मिनाले यादवलाई घरमा बोलाएर हत्या गरेको देखियो' प्रहरी स्रोतले भन्यो 'घटनामा प्रयोग भएको डोरी बरामद भइसकेको अवस्था छ र साह पनि पक्राउ परिसकेका छन्'।
शनिबार राति औषधि व्यवसायीहरु धनबहादुर काफ्ले, हरिमोहन श्रेष्ठ र मृकत दुलालसहित दुलालकै डेरामा बसेर मदिरा सेवन गरेको खुलेको छ। काफ्ले र श्रेष्ठ राति ९ बजे दुलालको डेराबाट बाहिरिएका थिए।
त्यसका आधारमा प्रहरीले काफ्ले र श्रेष्ठ तथा दुलालकी श्रीमती मीनासँग सोधपुछ गर्दै घटनाको अनुसन्धान अघि बढाइएको थियो । तर घटनामा काफ्ले र श्रेष्ठको भने संलग्नता पाइएन ।
प्रहरीका अनुसार मीना र ब्रह्मदेवबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।
दुई जना त्यहाँबाट निस्किएपछि प्रेमीसँग मिलेर श्रीमतीले राति ११ बजे दुलालको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरी नियन्त्रणमा रहेकी मीनाले सुरुमा भने श्रीमानलाई उच्च रक्तचापको समस्या रहेको र त्यही कारणले मृत्यु भएको हुनसक्ने भन्दै ढाँट्ने प्रयास गरेको प्रहरी स्रोतको भनाइ छ ।
साह चार वर्षदेखि दुलालकै औषधि डिलरमा काम गर्थे। त्यही क्रममा मीनासँग उनको हिमचिम बढेको चाल पाएर श्रीमान देवीप्रसादले ब्रह्मदेवलाई पाँच महिनाअघि कामबाट निकालिदिएको खुलेको प्रहरीका एक अधिकारीले बताए ।
प्रहरीका अनुसार उनलाई कामबाट निकालेको विषयमा मीनाले श्रीमानसँग विवाद समेत गरेकी थिइन् ।
प्रहरीका अनुसार प्रेममा बाधक बनेको भन्दै मीनाले शुक्रबार प्रेमीसँग सल्लाह गरेर हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यापछि बिरामी भएको देखाउन अस्पताल लगेर घटनालाई स्वभाविक मृत्यु भन्ने बनाउन खोजेको पाइएको प्रहरीको भनाइ छ ।
हत्यामा संलग्न दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दुलाल र मीनाबीच १० वर्ष पहिले प्रेम विवाह भएको थियो । उनीहरुका ८ वर्षका छोरा छन् । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी दुवैलाई सार्वजनिक गर्ने तयारीमा छ ।
यस अघि :
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved