कसैले व्यक्तिगत जानकारी मागे नदिनू : नेपाल प्रहरी

alt
  • जेठ १, २०७७
  • अपराध न्यूज

नेपाल प्रहरीको साइबर ब्यूरोले ‘म साइबर क्राईमबाट बोलेको वा साइबर सेक्युरिटीबाट कल गर्दैछौं’ भनेर फोन आएमा कसैलाई आफ्नो जानकारी नदिन आग्रह गरेको छ ।

साइबर ब्यूरोले सोमबार एक सूचना प्रकाशित गरी फोन तथा इमेल लगायत कुनैपनि माध्यमबाट आफ्नो जानकारी माग भएमा कोही कसैसँग आफ्नो गोप्य वा कुनै किसिमको सूचना आदान प्रदान नगर्न आग्रह गरेको हो ।

ब्यूरोले ‘म साइबर क्राईमबाट बोलेको’ वा ‘साइबर सेक्युरिटीबाट कल गर्दैछौं’ भन्ने जस्ता भाम्रक विवरण र प्रहरीको हवाला दिदै केही समय देखि अपरिचित व्यक्तिहरुले अश्लिल फोटो तथा भिडियो पठाउन लगाई ब्ल्याकमेलिङ गर्ने र सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गर्ने क्रियाकलापहरु गर्ने गरेकाले यस्ता किसिमको घटनाको अनुसन्धान साइबर ब्युरोबाट भइरहेको जानकारी दिएको छ ।

फोन तथा इमेल लगायत कुनैपनि माध्यमबाट आफ्नो बारेमा जानकारी माग भएमा साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउन ब्यूरोले अनुरोध गरेको छ ।

cyber-beuro

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved