‘भयावह’ रोक्न लकडाउन लगाइएको हो, तर नागरिकले किन बुझ्दैनन् ?

बल प्रयोग गर्नुभन्दा नागरिक आफैँ सचेत हुनुपर्छ

alt
  • चैत्र १५, २०७६
  • अपराध न्यूज

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण देखा परेपछि देशभर लकडाउन घोषणा गरेको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मंगलवारदेखि एक साताका लागि घोषित लकडाउन कार्यान्वयन गर्न सुरक्षाकर्मी दिनरात खटिएका छन्।

मुख्यत: फ्रन्टलाईनमा ट्राफिक प्रहरी र जनपद प्रहरी खटिएका छन्। ब्याकअपमा सशस्त्र प्रहरी खटिएको छ। सेनाले फाट्टफुट्ट गस्ती गरिरहेको छ। कोरोना रोकथामका लागि लकडाउन गरे पनि यसलाई कार्यान्वयन गराउने नेपाल प्रहरी भने खाली हात सडकमा खटिएका छन्। न उनीहरुसँग गुणस्तरीय मास्क छ, न त पन्जा नै। केहीले मेडिकल ग्लोब्स लगाएका छन् भने केही खाली हात सडकमा उत्रिएका छन्। उनीहरुसँग हातमा प्रयोग गरिने स्यानिटाइजर समेत छैन।

यस्तो प्रतिकूल अवस्थामा प्रहरीले कसरी लकडाउन मार्फत कोरोना विरुद्धको अभियानमा आफ्नो कार्य सम्पादन गरिरहेको छ भन्ने प्रसङ्गमा अपराध न्यूजका मनोज भुजेलले नेपाल प्रहरीका महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीसँग गरेको संक्षिप्त कुराकानी यस्तो छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको लडाईमा नेपाल प्रहरीले कस्तो भूमिका निर्वाह गरिरहेको छ ?

नेपाल सरकारको आदेश र निर्णयहरू कार्यान्वयन गर्ने सन्दर्भमा प्रहरी फ्रन्टलाईनमा रहेर काम गरिरहेको छ । देशभरका प्रहरी अहिले क्वारेन्टाइनको व्यवस्थापन गर्ने, सीमादेखि सडक सडकदेखि चौक गल्लीसम्म खटिएर लकडाउनको कार्यान्वयन गराउने, आपूर्ति व्यवस्थापन अनि यो समयमा हुने आपराधिक क्रियाकलापको डिफेन्स लगायत सबै पक्षको समायोजनमा प्रहरी खटिएको छ ।

लकडाउन कतिपय स्थानमा उल्लङ्घन भइरहेका छन् । प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था पनि छ नि ?

प्रहरीले आफ्नो स्वार्थको लागी लकडाउन लगाएको झैँ गर्छन् नागरिकहरू । यो नबुझ्दा हामीलाई हैरानी पक्कै भएको हो । यो सबैको सुरक्षाको निम्ति हो भनेर सोचिदिनु पर्‍यो । पहिलो चरणमा हामीले सम्झायौ, माइकिङ गरौँ, नहिँड्न आग्रह गरेऔँ त्यति गर्दा पनि जबरजस्ती गर्छन भने सामान्य बल प्रयोग गर्नुको विकल्प छैन । अब त हामी सावधानी अपनाएर पक्राउ गछौं र कानुनी प्रक्रियामा अघि बढाउछौं । मुलत बल प्रयोग गर्नुभन्दा पनि नागरिक आफैँ सचेत हुनुपर्छ । बाँकी केही व्यवहारिक समस्या पनि देखिएका छन् ।

यसमा त प्रहरी आफै असुरक्षित भयो नि ?

सडकमा सवारी रोक्ने, पास चेक गर्ने काम ट्राफिक र जनपद प्रहरीले गरिरहेका छन्। पास नलिएका सवारीलाई नियन्त्रणमा लिने काम पनि उनीहरूले गरिरहेका छन्। यस क्रममा सयौँ व्यक्तिसँग उनीहरूको साक्षात्कार हुन्छ। तर, उनीहरू आफैँ सुरक्षित छैनन्। सतर्कताका लागि आवश्यक सामग्री छैन। एक हिसाबले भन्ने हो भने कोरोना भाइरस फैलिन नदिन लकडाउन कार्यान्वयनमा खटिएका उनीहरू आफैँ कोरोनाको उच्च जोखिममा छन्। जबकि अरूलाई सुरक्षा दिने सुरक्षाकर्मी पहिला आफै सुरक्षित हुनुपर्ने हो।

फ्रन्टलाईनमा काम गर्ने प्रहरीका लागि आवश्यक साधन स्रोत नहुँदा असुरक्षित हुने नै भयो । नेपाल सरकार समक्ष हामीले भाइरसबाट जोगिने उपकरणहरू माग गरेका छौ । हेरौँ केही दिन भित्र यसको व्यवस्थापन हुनेछ ।

प्रहरी भोक भोकै डिउटी गरिरहेका छन् नि ?

हो, डिउटीमा खटिएका प्रहरीले खाजा खान नपाएको भनेर गुनासो आएका छन् । यो समयमा प्रहरी बढी खटिनु पर्ने भएकाले व्यवस्थापन नभएको हुनसक्छ । हामीले फिल्डमा खटिने प्रहरीका लागि भत्ता र खाजाको व्यवस्थापन गर्न लागी परेका छौ ।

नेपालमा प्राय विदेशबाट आएकाहरूमा कोरोना पोजेटिभ देखिएको छ । यो समयमा उनीहरूबाटै यसको सङ्क्रमण फैलने खतरा पनि बढेको छ । यसमा प्रहरीले के गरिरहेको छ ?

अहिलेसम्मको डाटा हेर्दा देखिएको यही नै छ । हामीले विदेशबाट आएकाहरूलाई दुई वटा काम गदै छौ । पहिलो ट्रयाकिङ र ट्रेसिङ । प्रहरीले कुन फल्याइटबाट को को आए र कहाँ कहाँ गए भनेर ट्राभल हिस्ट्री निकालिरहेका छौ । जसमा हामीले स्थानीय निकायसँगको समन्वयमा यो काम अघि बढाइरहेका छौ ।

गृह मन्त्रालयको आदेशबाट देशभर जनप्रतिनिधि र प्रहरीको समन्वयमा यो काम भइरहेको छ । त्यसपछि उनीहरूको स्वास्थ्य अवस्था र जोखिमलाई बिचार गरेर क्वारेन्टाइनमा राख्ने काममा प्रहरी खटिएको छ ।

लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्ला पुग्नु पर्नेहरू अति आवश्यक काम भएका नागरिकहरू भोक भोकै अलपत्र छन् । प्रहरीले यसमा समन्वय गरेन भन्ने आरोप छ ?

लकडाउन भनेकै एक जिल्लाबाट अर्को जिल्ला जान आउन निषेध गर्नु हो । अत्यावश्यक बाहेक हिड्नेनै हैन । भारतीय प्रधानमन्त्री मोदीले घरमै लक्ष्मण रेखा कोरौँ घरबाट बाहिर ननिस्कौँ भनेका छन् । यसको आशय के हो ?

यो लकडाउन हाम्रो सुरक्षाको लागि हो भनेर किन नागरिकले बुझ्दैनन् ? अनि प्रहरीले दुख दियो भनेर कसरी बोल्न मिल्छ भन्या । बिरामी छ, मलामी जानु छ र अति नै आबश्य परेको खण्डमा प्रहरीले समन्वय गरिरहेकै छ त ।

वास्तवमै यदि कोही नागरिक अलपत्र र भोक भोकै भएको अवस्थामा प्रहरीको पहलमा सामाजिक सङ्घसंस्थाको सहकार्यमा उनीहरूको बस्ने र खानेको प्रबन्ध मिलाउने काम पनि त भइरहेको छ नि ।

अन्त्यमा

विश्वमा महामारीको रूपमा देखिएको कोरोना भाइरससँग लड्न हामी सबै एकबद्ध हौ । यसको सङ्क्रमण नहोस् भनेर सरकारले लगाएको लकडाउन हाम्रो अनि मेरो निम्ति हो भनेर पालना गरौँ । प्रहरी तपाईँहरूको साथमा खटिएको छ ।

साथै यो समयमा कृत्रिम अभाव सिर्जना गर्ने विरुद्ध खरो रूपमा प्रस्तुत हुन समेत मातहतका अधिकारीलाई निर्देशनका छौ । यदि त्यस्तो भए प्रहरीलाई तत्काल जानकारी दिनुहुन आग्रह गर्छु । अवस्था सामान्य नहुन्जेल कृपया घरमा बसेर सहयोग गर्नुहोला । धन्यवाद !!

सम्बन्धित समाचारहरू :

विदेशबाट आएका व्यक्तिको खोजी गदैं सुनसरी प्रहरी

कोरोना संक्रमण रोकथाम गर्न नेपाल प्रहरीको ८ निर्देशन

 
 

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved