‘शक्ति केन्द्र’ ले नपत्याएपछि सिद्धबाबाले गरे यसरी ‘सरेण्डर’

alt
  • फाल्गुन २०, २०७६
  • अपराध न्यूज

आफ्नै अनुयायीमाथि जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी सुनसरी जिल्ला अदालतमा मंगलबार हाजिर हुने ‘हल्ला’ आइतबारदेखि कै थियो । कानून व्यवसायी, पत्रकार र प्रहरीमा यो हल्ला त्यतिकै भने चलेको थिएन ।

९ माघबाट ‘फरार’ भएका गिरी ४० दिनपछि सिधै अदालतमा हाजिर हुने कुराले सबैलाई झस्काएको थियो । उच्च अदालतको आदेशको म्याद छँदै गिरी अदालतमा हाजिर हुने भन्ने खबर उनकै अनुयायीहरुले आइतबार साँझदेखि फैलाएका थिए, जसमा पत्रकारहरुलाई समेत यसको जानकारी दिइएको थियो ।

‘गुरुले सम्मानित अदालतको सामना गदैं कारागारमै बसेर न्यायको लागि लड्ने सोच बनाउनु भएको छ, मंगलबार अदालतमा आइदिनुहोला’ भनेर उनका बिशेष सहयोगीले सोमबार दिउसो पत्रकारहरुलाई कल गरेका थिए ।

अरु बेला गिरीको तस्विर समेत खिच्न अबरोध गर्ने गिरीका सहयोगीले पत्रकारलाई लगातार फोन गरेर अदालत आउन अनुनय गरेका थिए । गिरी मंगलबार साढे ११ बजे अदालतमा हाजिर भए र पत्रकारसँग कुरा गदैं भने ‘अदालतको आदेशअघि नै भारत गएको हुँ, फरार भएको गलत कुरा हो’ ।

‘उच्च अदालतको आदेशपूर्व नै म गएको हो,’ उनले भने, ‘गएको टिकटको प्रमाण पनि छ । भारतको राजस्थानमा उपचारको लागि बसेको प्रमाण पनि छ, अहिले जबरजस्ती यो खबर थाहा पाएपछि अस्पतालले छुट्टी नदिँदा नदिँदै पनि अदालतको सम्मान गर्न आफैँ हाजिर भएँ ।’

आफू लुकेर नबसेको बताउँदै उनले उपचारका क्रममा डाक्टरको अनुमति लिएर म्याद छँदै अदालतमा हाजिर भएको बताए ।

‘नेपालको न्याय, कानून व्यवस्थामा मर्यादा छ र मैले न्याय पाउँछु’ पत्रकारसँग कुरा गदैं उनले भने ‘थाहाँ पाउनेबित्तिकै स्वयम् आएको हुँ, पुलिसले ल्याएको होइन ।’

महिलाको जाहेरीपछिको अनुसन्धानमा प्रहरी हिरासतमा नबसी सुबिधा सम्पन्न अस्पतालमा बस्ने गिरी एकाएक कारागार छिर्ने योजनाले सबैलाई आश्चर्यमा समेत राखेको छ ।

सुरक्षा निकाय स्रोतले भने मुद्धा ‘सेफल्याण्डीङ हुन नसकेपछिको विकल्प’ गिरीले रोजेको दाबी गरेको छ ।

गिरी ९ माघमा भारत भाग्नु अघि उच्च अदालतबाट आफ्नो अनुकुल फैसला हुन नसकेकै कारण भागेको जसमा उनले उच्च अदालतलाई मिलाउन काठमाडौंका ‘शक्ति केन्द्र’ मा करोडौ रकमको डिल गर्ने कोशिस गरेका थिए । तर उनको पक्षमा शक्ती केन्द नदेखिएपछि उनि फरार भए ।

‘शक्ति केन्द्र’ ले उनको डिल अस्विकार गरेपछि उनलाई जहाँबाट पनि पक्राउ गरेर ल्याउन प्रहरीलाई निर्देशन दिइएको थियो । जसमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) को एक टोली गिरीको खोजतलासको लागि परिचालन गर्ने तयारीमा पुगेको थियो ।

अदालत र शक्ति केन्द्र वसमा नआउने भएपछि गिरी भारतमै गुमनाम हुने तयारीमा थिए । सबै कुराको भेउ भएका गिरीले आफ्नो कानूनी सल्लाहकार र नजिकका मान्छेसँगको छलफलबाट अदालतमा हाजिर हुने र सर्वोच्च जाने बाटो पर्खिने निर्णयमा पुगेका थिए । 

यता अदालत समक्ष आत्मसमर्पण गरेका कृष्ण बहादुर गिरि उर्फ सिद्धबाबाको बलात्कार मुद्दाको पेसी तोकिएको छ । मुद्दा सुनुवाइको लागी फागुन २८ को पेसी तोकिएको हो ।

सर्वोच्च जाने बाटो खुलेपनि गिरीको मुद्धा अझै शक्ति केन्द्रकै इशारामा चल्ने निश्चित छ ।

ब्लक ‘ए’कोठा नम्बर ११ !

मंगलबार बिहान जिल्ला अदालत सुनसरीमा हाजिर भएका गिरीलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार चलान गरिएको छ ।

कारागार चलान भएलगतै गिरीलाई ब्लक ‘ए’ को ११ नम्बर कोठामा बस्ने व्यवस्था मिलाइएको छ । कारागारमा भित्र हिँड्न नमानेका गिरीलाई गाडीमै ए ब्लकको गेटसम्म लगिएको थियो ।

Jail Baba गिरीले कारागारमा रहँदा खाना पकाउनका लागि इन्ड्रक्सन चुल्हो माग गरेका छन् । क्षेत्रीय कारगार झुम्काका निमित्त प्रमुख सूर्यमान बानियाँका अनुसार खाना पकाउनका लागि गिरीका अनुयायीले इन्ड्रक्सन चुल्हो व्यवस्था गर्न माग गरेका हुन् ।

कारागारमा छुट्टै खाना पकाउन चाहे कारागारले व्यवस्था गर्ने बानियाँले बताए ।

उच्च अदालत बिराटनगरले अनुयायीमाथि बलात्कार गरेको आरोपमा ९ माघमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएका थिए ।

जिल्लाको आदेश बेरितको भएको दाबी गर्दै सरकारी वकिलको कार्यालय र साधारण तारेख माग्दै गिरी पनि उच्च अदालत विराटनगरमा पुगेका थिए । उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै गिरीलाई अस्पताल राख्नुपर्ने अवस्था आए तीनजना चिकित्सकको सिफारिसमा राख्नु आदेश दिएको थियो ।

सम्बन्धित समाचार :

सिद्धबाबा झुम्का कारागार चलान (फोटो फिचर)

Mechi Crown

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved