सिद्धबाबा प्रकरण : कैफियत प्रतिवेदन र राय बुझाउन उच्चको आदेश

alt
  • पुस २०, २०७६
  • अपराध न्यूज

शुक्रबार उच्च अदालतका मुख्यन्यायधिस तिलप्रसाद श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको उच्च अदालत विराटनगरका रजिष्टार जितेन्द्रबाबु थपलियाले जानकारी दिए ।

आदेशमा १५ दिन भित्र कैफियत प्रतिवेदन बुझाउन भनिएको छ । यस्तै श्रेष्ठले सुनसरी जिल्ला अदालतलाई गिरीको आदेशको बिषयमा ‘राय’ पनि बुझाउन भनेको छ । प्रमाण हुँदाहुदैपनि गिरीलाई छाड्ने आदेश गर्नु पर्ने राय जिल्ला न्यायासिध राधाकृष्ण उप्रेतीले उच्चलाई लिखित रुपमा बुझाउनु पर्ने हुनेछ ।

बलात्कार प्रकरणमा पीडित बाहिर आउनुलाई पनि प्रमाणको रुपमा मानिन्छ । सरकारी वकिलको कार्यालयले सिद्धबाबाले टेलिफोन गरी मुद्दा फिर्ता लिन दिएको दबाब, ५ कात्तिकमा महिलालाई हप्पाएको र घटना अघि दिक्षा दिने भन्दै महिलालाई म्यासेज गरी बोलाएकाले प्रमाण हुँदा हुँदै धरौटीमा छाड्ने विवादास्पद आदेश भएपछि जिल्लाको आदेश बदर गरी थुनामै राखेर अनुसन्धानको माग गर्दै बिहीबार उच्च अदालतमा निवेदन दायर गरेको थियो ।

कार्तिक ४ गते सुनसरीको चतरास्थित गिरीकै आश्रममा एक महिलालाई बोलाएर जबरजस्ती करणी गरेको मुद्धालाई सुनसरी जिल्ला अदालतले गरेको आदेश ‘अस्वभाविक’ भएको भन्दै उच्चमा बिहिबार मुद्धा दर्ता गराएको थियो ।

गत मंसिर १६ गते पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा मुद्दाको पूर्पक्ष गर्ने गरी छाड्ने आदेश दिएको थियो ।

घटना पुष्टि गर्ने चार प्रमाण

करणीको आरोप लगाउने महिलाले प्रहरीलाई दिएको जाहेरीबाटै पनि गिरीले कहाँ कसरी करणी गरियो भन्ने स्पष्ट आधार दिएको पाइन्छ ।

पीडितले सिद्धबाबाको नाम किटान गरेकी छन् भने अर्कोतर्फ घटना हुनुअघि सिद्धबाबाले पीडितलाई साधनाका लागि आश्रममा बोलाएको म्यासेज प्राविधिक परीक्षणबाट पुष्टि भएको छ । पीडित त्यस दिन आश्रम गएको पनि प्राविधिक परीक्षणबाट पुष्टि भएको छ ।

घटनापछि सिद्धबाबाले पीडितलाई फोन गरेर माफी मागेका छन् अनि पीडितले उपलब्ध गराएको उक्त ‘अडियो फाइल’ को आवाज सिद्धबाबाको हो भनी विधिविज्ञान प्रयोगशालाबाट पनि पुष्टि गरेको छ ।

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved