त्रिदण्ड धारण गर्ने सिद्धबाबाको यौन ‘काण्डै–काण्ड’

alt
  • पुस २०, २०७६
  • अपराध न्यूज

सिद्धबाबा भनिने कृष्णदास गिरीले यस अघिपनि युवती तथा महिलाहरुलाई यौन हिंसा गरेको तथ्य भेटिएको छ । गिरीले चतरास्थित आश्रममा १३ र १२ वर्षका दुई बालिकालाई यौन दुरव्यवहार गरेका थिए । ४ बर्ष अघि इटहरीको बालग्रामबाट पढाउने भन्दै चतरास्थित आश्रममा दुई बालिकालाई यौन दुरव्यवहार गरेका थिए ।

यो घटना ओरेक नेपाल नाम गरेको संस्थामा पुगेको थियो । घटनाको बिषयमा सत्थतथ्य बुझ्ने प्रयास संस्थाले गरेपनि तर अभिभावक र गिरीका भक्तले बालबालिकासँग भेट्न नदिएको एक महिला अधिकारकर्मी बताउछिन् ।

यौनकाण्डको भण्डाफोर हुने भएपछि स्थानीय केही नेताले ती बालिकालाई भारतको आश्रममा पढ्न पठाउने योजना बनाएका थिए तर महिला संञ्जाल, ओरेक र माइती नेपालका प्रतिनिधिले बालिकाहरूलाई जोगबनी कटाउन लाग्दा फर्काएका थिए । गिरीले सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियामार्फत ‘भारतको आश्रममा अध्ययन गर्न पठाएको सिफारिस’ रातारात बनाएपछि आफूहरूले केही गर्न नसकेको ति महिलाको भनाई छ ।

यसअघि सिन्धुलीकी कार्की थरकी एक महिलाका विषयमा पनि आश्रममा विवाद भएको थियो । गिरीप्रति आशक्त भएको भन्दै श्रीमानसँग झगडा भएपछि ती महिलालाई गिरीले चेली बनाएर आश्रममा राखेका थिए । गिरीले राजस्थानका एक मारवाडी दम्पतीको पनि सम्बन्ध बिगारिदिएको उनका भक्तहरूको आरोप छ । ती महिलाको गिरीसँगको सम्बन्ध थाहा पाएपछि श्रीमानले छाडेका बताइएको छ ।

यस्तै उनले बोक्ने ९८५२०२५८८५ नम्बरबाट आश्रमभित्रै रहेका केहीलाई पठाएका म्यासेजहरुले पनि उनि यौन भोगी रहेको महिला अधिकारकर्मीको बताउछन् ।

गिरीले लेख्ने म्यासेजहरुमा ‘नानु आउ नुःनु गरौन, नानी काली भुण्टी आउ नुनु गरौ’ छन् ।

आफूलाई जगतगुर बताउने गिरीले ६ महिना अघि त्रिदण्ड धारण गरेका थिए । हिन्दु संस्कारमा त्रिदण्ड प्रतिको उच्च सम्मान छ । त्रिदण्ड धारण गरेको व्यक्तीले स्त्री, आगो र पैसादेखि टाढै बस्नुपर्ने मान्यता छ ।

सम्बन्धित समाचारहरु : 

गिरीकाे बयान : म माेबाइल बाेक्दिन !

सिद्धबाबा प्रकरण : रात परेपछि म्यासेजमा ‘यौन प्रस्ताव’

सिद्धबाबा प्रकरण : महिला भन्छिन् ‘हिप्नोटाइज गरि बलात्कार गरियो’

कृष्णदासका भाई ऐनकुमारले लेखे दाईलाई मार्मिक पत्र !

 

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved