प्रहरीको गाडी तोडफोड गरेको अभियोगमा ७ युवा पक्राउ परेका छन् । ना१झ १३३१ नम्बरको प्रहरीको गाडीमा कटहरिया ६ फतेपुर नजिक युवाहरुले तोडफोड गरेका हुन् ।
गौरबाट थुनुवा पुर्याएर फर्किरहेको प्रहरी गाडीमाथि शुक्रवार अपरान्ह फतेपुरगाँउ छेउमा दर्जनौ मानिसको भिडले एक्कासी ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट गाडीको सिसा फुटेको र केही प्रहरीलाई चोटपटक समेत लागेको छ ।
पक्राउ पर्नेहरुमा कटहरिया ६ फतेपुरका बर्ष ३० का सुवोध कुमार सहनी, सोही ठाँउका बर्ष ३० का रन्जित स हनी, बर्ष ३०का वीरेन्द्र सहनी, बर्ष २६ का उमेश पाश्वान, बर्ष १९ का मुना खाँ र बर्ष १८ का सकिन्द्र यादव रहेको प्रहरीले जनाएको छ ।
पक्राउ भएका सबैजनामाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका निमित्त प्रमुख प्रहरी निरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए ।
शुक्रवार अपरान्ह कटहरिया माविको प्राङ्गणमा मेयरकप क्रिकेट प्रतियोगिताको फाइनल भएको थियो ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved