झाँक्रीले पेटमा प्वाल पारिदिएका राजुको मृत्यु

alt
  • आश्विन १, २०७६
  • अपराध न्यूज

झाँक्रीको विश्वासमा जण्डिसको उपचार गर्दा पेटमा प्वाल पारिदिएका राजु मगरको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका ९ का राजु मगरलाई नीलकण्ठ नगरपालिका-३ धादिङबेसीका लामाझाँक्री गजबहादुर लामाले गत भदौ १५ गते उपचार गर्ने बहानामा पेटमा ब्लेडले काटी घाइते बनाएका थिए । 

२ महिना अघिदेखि जण्डिसले ग्रसित भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो । पेट काटिएपछि झनै गम्भीर घाइते भएका मगरलाई उपचारका लागि काठमाडौं लगेपनि जन्डिस अन्तिम चरणमा रहेको र उपचार गर्न नसकिने भन्दै काठमाडौं नयाँ बजारको पिपुल अस्पतालले फिर्ता पठाइदिएको थियो ।

घटना सार्वजनिक भएपछि जनप्रतिनिधिको पहलमा फेरी उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो। जण्डिस पनि बिग्रिएको र त्यही बेलामा झाँक्रीले थप समस्या उत्पन्न गराइदिएपछि उनको मृत्यु भएको परिवारको भनाइ छ।

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved