दोर्दी गाउँपालिका–२ स्थित अर्चलबोट साँखरकी १३ वर्षीया किशोरीको बलात्कार प्रयासपछि हत्या भएको छ। अर्चलबोटको लक्ष्मीनारायण माद्यामिक विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीया अनिशा परियारको मृत्यु अस्वभाविक देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो।
हत्या अभियोगमा एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख ९ गते घाँटीमा सल बेरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। बालिकाको नाताले हजुरबुवा र हजुरआमा पर्ने दोर्दी–३ श्रीमञ्ज्याङका ४५ वर्षीय राजकुमार परियार र उनकी श्रीमती ४९ वर्षीया जालु परियारलाई हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ।
हजुरबा हजुरआमा र बाआमासँगै अनिशा तनहुँको बाइसजँघारमा विहे भोजमा गएकी थिइन्। विहे भोजपछि बुवा काममा गएको र आमा किताब किन्न गएपछि अनिशा नाताले हजुरबुवा हजुरआमासँगै घर फर्केकी थिइन्। अनिशालाई घर पुर्याए पनि राजकुमार घर नगई एक्ली अनिशासँगै बसेको प्रहरी स्रोतले बताएको छ।
घरभित्र रहेकी अनिशालाई जबर्जस्ती गर्न खोजेको र नमानेपछि घटना बाहिर आउने डरले किशोरीलाई घाँटीमा अँठ्याएको राजकुमारले स्वीकारेका छन्। स्थानीयले घटना भएको दिन राजकुमार र उनकी पत्नी उक्त ठाउँमा भएको जानकारी दिएपछि दुवैजनालाई पक्राउ गरी अनुसन्धान गर्दा पोल खुलेको प्रहरी प्रमुख डिएसपी यादव ढकालले जानकारी दिए।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved