१८ करोड हिनामिनामा बैंक म्यानेजर पक्राउ

alt
  • भदौ ४, २०७६
  • अपराध न्यूज

दाङमा एक बैंक म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेका छन्। बैंकका म्यानेजर घोराही १५ भरतपुर निवासी समिर बुढाथोकीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। उनी घोराही उपमहानगरपालिका-१० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका नारायणपुर शाखाका म्यानेजर हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका अनुसार बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको देखिएको छ। यसअघि दाङमा केन्द्रीय कार्यालय रहेको बेष्टर्न डेभलपमेन्ट बैंक केहि महिना अघि एक भएर देवः विकास बैंक बनेको थियो ।

उनी वेस्टर्न विकास बैंक मर्ज भएसँगै देवः विकास बैंकमा समाहित भएका थिए। वेष्टर्न विकास बैंकमै कार्यरत भएका बेला बुढाथोकीले नक्‍कली ऋणी बनाएर रकम निकासा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सम्बन्धित समाचारहरु

१२ दिनदेखि बेपत्ता य ...

१२ दिनदेखि बेपत्ता मोरङको केराबारी गाउँपालिका–८ का एक युवकको शव रुखको जराभित्र भेटिएको छ । रुख ...

प्रदेश १ का ४ प्रहरी ...

नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह ...

प्रहरी जवान दनुवार भ ...

प्रहरी जवान रबिन्द्र दनुवार जिल्ला प्रहरी कार्यालय सुनसरीको पुस महिनाको उत्कृष्ट प्रहरी पुलिस अफ द म ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved