पत्नीलाई आत्महत्या गर्न बाध्य गरेको आरोपमा पतिलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
अदालतले हेटौँडा उपमहानगरपालिका–३ का राजु थिङविरुद्ध उक्त आदेश जारी गरेको हो ।
उनले पत्नी सोनु थिङलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । विगतमा आत्महत्याको घटनामा कसैलाई दोषी ठहर गरिँदैनथ्यो । मानसिक एवम् शारीरिक लगायतका विभिन्न तनाव दिइ आत्महत्या गर्न बाध्य पारेको भए पनि कोही कसैमाथि मुद्दा चलाउन पाइँदैनथ्यो ।
गत भदौ १ बाट कार्यान्वयनमा आएको नयाँ फौजदारी संहिताले आत्महत्या गर्न बाध्य पार्ने जोकोही पनि कारवाहीको भागिदार हुने कानुनी व्यवस्था गरेको छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved