प्रहरीको मनोबल बढाउन एक तह बढुवा गर्नुपर्ने सुझाप

alt
  • असार १३, २०७६
  • अपराध न्यूज

नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गर्दा उनीहरूको मनोबल खस्कन नदिन एक तह बढुवा गर्नुपर्ने तर्क आएको छ। कर्मचारी समायोजनमा ग्रेड वृद्धि भएको भन्दै प्रहरीमा पनि बढुवा गर्नुपर्ने सुझाव आएको हो।

प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको छलफलमा समिति सदस्यले प्रहरी इन्स्पेक्टर (अधिकृत) मुनिकाको एक तह बढुवा गर्नुपर्ने र त्यसमाथिकाको ग्रेड वृद्धि गर्नुपर्ने सुझाव दिएका हुन्।

निजामती र प्रहरी सेवाका कर्मचारीबीच विभेद गर्न नहुने समिति सदस्यको तर्क छ।

समायोजनमा बढुवा हुने प्रहरीका लागि निश्चित मापदण्ड राखिनुपर्नेमा सांसदको जोड छ। ‘सबैलाई बढुवा गर्ने हैन। यसका लागि निश्चित मापदण्ड राख्नुपर्छ’, सांसद जनार्दन शर्माले भने, ‘कति भार पर्छ हेरौं र बढुवा गर्दा न्यायोचित नै हुन्छ। सिपाहीले हवल्दार हुन पनि १५÷१६ वर्ष पर्खनुपर्छ। अहिले समायोजनलाई अवसर मान्दा राम्रै हुन्छ।’

सम्बन्धित समाचारहरु

१२ दिनदेखि बेपत्ता य ...

१२ दिनदेखि बेपत्ता मोरङको केराबारी गाउँपालिका–८ का एक युवकको शव रुखको जराभित्र भेटिएको छ । रुख ...

प्रदेश १ का ४ प्रहरी ...

नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह ...

प्रहरी जवान दनुवार भ ...

प्रहरी जवान रबिन्द्र दनुवार जिल्ला प्रहरी कार्यालय सुनसरीको पुस महिनाको उत्कृष्ट प्रहरी पुलिस अफ द म ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved