कैलालीको टीकापुर नगरपालिका २ स्थित कर्णाली नदीको सनकट्टी घाटमा सोमबार एक महिलाको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरका अनुसार करिव ४५ वर्षीय महिलाको वेवारिसे शव भेटिएको हो ।
नदी किनारमा रुखको हाँगामा अड्किएको महिलाको शव भेटिएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनााएको छ । शवको प्रकृति हेर्दा मृत्यु भएको धेरै दिन भएकाले पहिचान गर्न कठिन हुने प्रहरीको भनाइ छ ।
शव टीकापुर अस्पतालमा राखिएको छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved