इटहरीमा ६ राउन्ड गोलीसहित चाइनिज पेस्तोल बरामद

alt
  • माघ १८, २०७९
  • अपराध न्यूज

इटहरीबाट चाइनिज पेस्तोलसहित ३ जना व्यक्ति पक्राउ परेका छन् । साँझ ७ बजे चोरीको बाइक नियन्त्रण लिने क्रममा शङ्कास्पद व्यक्तिहरूको साथबाट पेस्तोल र ६ राउन्ड गोली बरामद भएको हो । इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्ने क्रममा उक्त पेस्तोल र गोली बरामद भएको जनाइएको छ ।

पक्राउ पर्नेमा मोरङ टंकीसिनुवारी ठेगाना भएका सुजित मगराती माझी र इटहरी १० बस्ने मुकेश कोइराला छन् । अर्को एक जनाको नाम भने खुलाइएको छैन । उनी प्रत्यक्षदर्शी हुन सक्ने इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले अपराध न्युजलाई जानकारी दिए । पक्राउ परेका दुई जना सुनसरीमा पछिल्लो समय बाइक चोरीमा संलग्न भएको प्रहरी स्रोतको भनाई छ । उनीहरूलाई प्रहरीले निगरानी गरी साँझ खनार चौकमा चोरीको एक थान बाइकसहित पक्राउ गरेको हो ।

सो क्रममा उनीहरूको साथबाट पेस्तोल बरामद भएको बताइएको छ । तिनै जनाको थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved