झापामा राँगा चोरी गर्ने भारतीय युवक पक्राउ

alt
  • पुस ३०, २०७९
  • अपराध न्यूज

राँगा चोरी गरेको आरोपमा झापामा एक भारतीय नागरिक पक्राउ परेका छन्। पुस २६ गते राती झापा गाउँपालिका ४ निवासी अमालो मियाँको गोठमा बाँधी राखेको दुई वटा राँगा चोरी भएको थियो।मियाँको राँगा चोरीमा संलग्न ४ जना मध्ये भारतको विहार राज्य किशनगञ्ज जिल्ला धनतोला ग्राम पञ्चायतका २२ वर्षीय मोहम्मद नाजिर पक्राउ परेका हुन । घटनामा संलग्न अझै तीन भारतीय नागरिक फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

चोरी भएको राँगा प्रहरी चौकी टाघनडुब्बाले खोजतलास गर्ने क्रममा नेपाल भारतको दशगजा सीमा क्षेत्र जोडिएको धनतोला ग्राम पञ्चायत निवासी मोहम्मद नाजिर, सोही ठाउँका अन्दाजी २० वर्षीय आजाहार महमद, अन्दाजी १९ वर्षीय ईजाहुल हक र १९ वर्षीय गोदा भन्ने नाम र थर नखुलेका चार जनाले चोरी गरेको अनुसन्धानबाट खुलेको थियो । चोरीपछि नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिले भारतीय प्रहरीसँग समन्वय गरी नाजिरलाई चोरिएका दुईवटा राँगासहित पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई प्रहरी कार्यालय झापामा राखेर चोरी शीर्षकमा मुद्दा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

 

सम्बन्धित समाचारहरु

आयोजकले टिकटमा झुक्य ...

भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनिएको सुनसरीको बर्जुमा महोत्सवमा झडप भएको छ । झडपमा परी ४ ...

इटहरीमा पुरुषको शव फ ...

इटहरीमा एक पुरुषको शव फेला परेको छ । इटहरी ५ स्थित पूर्व पश्चिम राजमार्ग नजिकै रहेको एपेक्स अस्पताल ...

के छ क्रसर सञ्चालनको ...

क्रसरसम्बन्धी मापदण्ड पटक–पटक संशोधन भए पनि यसको कार्यान्वयन हुन सकेको छैन । सरकारले ०७७ मा यो ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved