पाँचथरमा ग्रिनेट बिस्फोट हुँदा एक बालक घाइते भएका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ चिलिङदिनमा जंगलमा भेटिएको ग्रिनेट खेलाउने क्रममा पड्केर ८ वर्षीय बालक घाइते भएका हुन् । स्थानीय पुरानो पञ्चमी बजार नजिकै भेटिएको ग्रिनेट शनिबार बिहान पड्किँदा स्थानीय मनोज खड्काका छोरा निरज घाइते भएको प्रहरीले जनाएको छ । जंगलमा साथीसँग दाउरा खोज्न गएका खड्काले ग्रिनेट फेला पारेका थिए ।
हरियो डल्लो भेटेर खेलाउने क्रममा विष्फोट भएर ती बालक घाइते भएका पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए । खिया लागेको अवस्थामा भेटिएको ग्रिनेट द्वन्द्वकालीन समयमै छोडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved