'विशिष्ट'को सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

alt
  • पुस १४, २०७९
  • अपराध न्यूज

विशिष्ट व्यक्तिको सुरक्षा तथा गृह मन्त्रालयमा खटिएका एक सय ९४ सुरक्षाकर्मी नियमित डिउटीमा खटिएका छन्। गृह मन्त्रालयले कार्यविधिविपरीतका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएपछि नेपाल प्रहरीबाट एक सय ३ तथा सशस्त्र प्रहरीबाट ९१ जना फिर्ता भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। 

एक सय ९४ मध्ये ६० जना गृह मन्त्रालयबाट फिर्ता भएका छन्। गृह मन्त्रालयमा २९ जना सशस्त्र प्रहरी र ३१ जना नेपाल प्रहरीका कर्मचारी कार्यरत थिए। धेरैजसो कर्मचारीको चालकको रूपमा कार्यरत उनीहरूलाई फिर्ता गरिएको छ। 

गृह मन्त्रालयले मंगलबार कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न ४८ घन्टाको ताकेता गरेको थियो।

सम्बन्धित समाचारहरु

आयोजकले टिकटमा झुक्य ...

भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनिएको सुनसरीको बर्जुमा महोत्सवमा झडप भएको छ । झडपमा परी ४ ...

इटहरीमा पुरुषको शव फ ...

इटहरीमा एक पुरुषको शव फेला परेको छ । इटहरी ५ स्थित पूर्व पश्चिम राजमार्ग नजिकै रहेको एपेक्स अस्पताल ...

झापामा राँगा चोरी गर ...

राँगा चोरी गरेको आरोपमा झापामा एक भारतीय नागरिक पक्राउ परेका छन्। पुस २६ गते राती झापा गाउँपालिका ४ ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved