भारतीय सेनामा जागिर लगाई दिन्छु भनी ठगी गर्ने मोरङ पथरी शनिश्चरे ३ बस्ने ४२ नरेन्द्र पाख्रिन तामाङ पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय पथरीले भारतीय सेनामा लगाई दिन्छु भनी विभिन्न स्थानका युवाहरूलाई ठगी गरेको आरोपमा सोमबार प्रहरीले पक्राऊ गरेको हो ।
सेनामा लगाइदिन्छु भन्दै पाख्रिनले जनही ५-८ लाखसम्म ठगी गरेको जाहेरी परेपछि अभियुक्त तामाङलाई पक्राउ गरेको पथरीका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । पाख्रिनलाई ठगी कसुरमा ७ दिन म्याद थप गरी थप अनुसन्धानका अघि बढाइएको जनाइएको छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved