भोजपुर र ताप्लेजुङमा बम भेटिएपछि प्रदेश १ मा प्रहरी आक्रामक

alt
  • मंसिर २, २०७९
  • अपराध न्यूज

भोजपुरमा कार्तिक ३० गते सत्ता गठबन्धनले आयोजना गरेको सभा नजिकै बम विस्फोट भयो । जहाँ बम विस्फोट गराउने व्यक्ति स्वयम घाइते हुन पुगे । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैँले बोकेको बम विस्फोट भएर घाइते भएका थिए । प्रहरी अनुसन्धानले उनले बोकेको बम ‘हाई एक्सप्लोसिव’ नभई नर्मल सुतली बम भएको जनाएको छ ।

उनको खुट्टामा चोट लागेको छ अनुसन्धानको क्रममा घाइते श्रेष्ठ भोजपुरकै एक स्थानीय पत्रिकामा कार्यरत पत्रकार हुन । उनले पत्रकारको आवरणमा सभा नजिकै बम विस्फोट गराउने योजना बनाए पनि बम आफैँ पड्किएको थियो । प्रहरीले उनी आबद्ध पत्रिकाको प्रेस कार्ड समेत बरामद गरेको छ । पत्रकार भए पनि उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमा आबद्ध व्यक्ति हुन् ।

Ghaite शुक्रवार बिहान ताप्लेजुङको फुङलिङ नगरपालिका २ को एक मतदान स्थल नजिकै मोबाइलजडित बम बरामद भयो । एक विद्यालयको नजिकै बास घारीमा रेडबुलको डब्बामा मोबाइल जडित बम बिहान भेटिएपछि सेनाले उक्त बम डिस्पोज गरेको थियो ।  ताप्लेजुङका डिएसपी कैलाश राईका अनुसार मतदान स्थल आसपास सुरक्षित गर्ने क्रममा उक्त बम बरामद भएको बताए ।

१ नं. प्रदेशमा अहिलेसम्म यी दुई जिल्लामा मात्र निर्वाचन बिथोल्ने गतिविधि देखिएका छन् । जसमा प्रत्यक्ष रूपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हात रहेको प्रहरीको दाबी छ । प्रदेशका अन्य जिल्लामा पनि नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन बिथोल्ने गतिविधि गर्न सक्ने अनुमान प्रहरीको छ । त्यसको लागि १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले १४ जिल्लाका प्रहरीलाई ‘स्टेनबाई’ अवस्थामा राखेको छ ।

निर्वाचन बिथोल्ने समूहका नेता तथा कार्यकर्ता एक एकको निगरानी गरिरहेको प्रहरीले माथिको आदेश आउन साथ उनीहरूलाई एकै साथ उठाउने रणनीति बनाएको छ ।

‘बोल्ने एउटा व्यबहार अर्को देखाउने समूह हाम्रो निगरानीमा छन्, हामी पूर्व तयारीमा छौ’ १ नं. प्रदेशका डिआइजी सुदिप गिरीले अपराध न्यूजसँग भने ‘प्रहरी स्टेनबाई छ ।’ गिरी भन्छन् ‘निर्वाचन बिथोल्ने कार्य हुन्छ भन्ने हामीलाई स्पष्ट सूचना थियो । उनीहरूको गतिविधि बढे हामी कानुन अनुरूप एक्सनमा जान्छौ ।’ 

डिआइजी गिरीका अनुसार शंकास्पद वस्तुहरू फेला पर्नुका साथै विस्फोटनका घटनाहरू हुन थालेपछि प्रदेश १ मा सुरक्षा सतर्कता थप बढाइएको छ ।

सुरक्षा अधिकारीहरूका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मुख्य सुरक्षा चुनौतीको रूपमा देखिए पनि अन्य समूह पनि सुरक्षा चुनौतीको रूपमा छन् । चुनाव बहिष्कार गर्ने निर्णय गरेका आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी (समाजवादी) ले निर्वाचनमा सुरक्षा चुनौती ल्याउन सक्ने सुरक्षा निकायहरूको निष्कर्ष छ ।

यो पनि : 

निर्वाचन सुरक्षा : इटहरी पृतनामा प्रदेश १ को संयुक्त ‘कमाण्ड पोष्ट’

निर्वाचनको मुखैमा सुनसरीमा नक्कली नोट छ्यापछ्याप्ती

 
 

सम्बन्धित समाचारहरु

आयोजकले टिकटमा झुक्य ...

भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनिएको सुनसरीको बर्जुमा महोत्सवमा झडप भएको छ । झडपमा परी ४ ...

इटहरीमा पुरुषको शव फ ...

इटहरीमा एक पुरुषको शव फेला परेको छ । इटहरी ५ स्थित पूर्व पश्चिम राजमार्ग नजिकै रहेको एपेक्स अस्पताल ...

झापामा राँगा चोरी गर ...

राँगा चोरी गरेको आरोपमा झापामा एक भारतीय नागरिक पक्राउ परेका छन्। पुस २६ गते राती झापा गाउँपालिका ४ ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved