उर्लाबारी नगरपालिका ८ मा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ। पथरी शनिश्चरे नगरपालिका १ का ४२ वर्षीय काजी महराको आइतबार राति हत्या भएको हो।
आफ्नै भान्जा २२ वर्षीय सुजन पाँचकोटीले महरालाई दाउ प्रहार गरी हत्या गरेको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए। उर्लाबारी ८ स्थित कल्पना पाँचकोटीको घरमा महरा पाहुना आएका थिए। घरायसी वादविवाद हुँदा सुजनले मामाको टाउकोमा दाउ प्रहार गरेका थिए। राति साढे ११ बजे दाउ प्रहारबाट गम्भीर घाइते भएका महरालाई उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगिएको थियो। महराको उपचारका क्रममा बिहान राति १ बजे मृत्यु भएको कोइरालाले बताए।
सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिइसकेको छ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved