निर्वाचन सुरक्षा : इटहरी पृतनामा प्रदेश १ को संयुक्त ‘कमाण्ड पोष्ट’

alt
  • कार्तिक २७, २०७९
  • अपराध न्यूज

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ । एकातिर देशभर निर्वाचनको प्रचारप्रसार र चुनावी सभा व्यापक रुपमा भइरहेका छन् भने अर्कोतर्फ नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत केही समूहले निर्वाचन विथोल्ने भन्दै आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

सम्भावित चुनौतीलाई मध्यनजर गर्दै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षाको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले आवश्यक सुरक्षा रणनीति बनाइरहेको छ । आफ्ना जनप्रतिनिधि छान्ने जनताको लोकतान्त्रिक अधिकारलाई कार्यान्वयन गराउन शान्ति–सुरक्षाको दृष्टिकोणबाट कुनै कसर बाँकी नराख्ने गरी प्रहरीले तयारी गरिरहेको छ ।

कस्तो छ १ नं. प्रदेशको तयारी ?

 

sudip-giri-pro-1-768x837

 

डीआईजी सुदीप गिरी : प्रहरी प्रमुख, प्रदेश नं. १

‘गत कार्तिक १९ गते प्रदेश सुरक्षा गोष्ठी पनि सम्पन्न भयो । जसमा प्रदेश १ का १४ जना नै प्रमुख जिल्ला अधिकारीहरु लगायतसँग छलफल गर्यौं । केन्द्रबाट पनि हामीलाई निर्देशन प्राप्त भएको छ । मजबुत निर्वाचन सुरक्षा सम्बन्धी तयारी गरेर कार्यान्वयन गर्ने भन्ने निष्कर्ष निकालिएको छ ।

भौगोलिक हिसाबले १ नं. प्रदेशमा हिमाली, पहाडी र तराईका जिल्लाहरु समेत रहेका छन् । यस्तो हुँदा सुरक्षा चुनौतीहरु पनि थपिने गर्दछ । हिमाली जिल्लामा भौगोलिक अवस्था र विकटताका कारणले मतपेटिका ढुवानीमा चुनौतीहरु थपिने हुन्छन् । त्यसैगरी तराइका जिल्लाहरु सीमावर्ती हुँदा विभिन्न गतिविधि हुने चुनौती रहन्छ । त्यसैगरी जनघनत्व पनि बढी भएकाले सुरक्षा सतर्कता बढी अपनाउनुपर्ने देखिन्छ ।

मतदान स्थलको सुरक्षा र मतदाताको सुरक्षा गर्नु पनि प्रहरीकै दायित्व भएकाले चुनौतीहरु धेरै छन् । यसलाई हल गर्न सुरक्षा फोर्सको सही परिचालन गर्नु अपरिहार्य हुन आउँछ । त्यसैकारण प्रहरीको संख्या पनि थपिएको छ । म्यादी प्रहरीको व्यवस्था पनि भएको छ । केन्द्र हेडक्वाटरबाट पनि सुरक्षा प्रबन्धका लागि चाहिने विभिन्न सामग्रीहरु आईरहेका छन् । निर्वाचनका लागि हामीले राम्रो तयारी गरिसकेका छौं । निर्वाचन स्वतन्त्र निष्पक्ष र भयरहित रुपमा सफल पार्न हामी सक्षम छौं । हाम्रो मनोबल उच्च छ ।

चुनाव बहिष्कार गर्ने भन्ने केही समूहहरु पनि छन् । उनीहरु जसरी प्रस्तुत हुन्छन् त्यही रुपमा हाम्रो सुरक्षा रणनीति लागू हुन्छ । पहिलेका निर्वाचनहरुमा विष्फोट लगायतका काममा सक्रिय समूह अहिले बाहिर आएको अवस्था भने छैन ।  यसरी १ नम्बर प्रदेशको अबस्था सामान्य छ । सुरक्षाका दृष्टिले यतिबेला चुनाव गराउन प्रहरी सक्षम छ ।

विभिन्न जिल्लाको सुरक्षा अवस्थाकाबारेमा जानकारी लिने र अनुगमनको काम पनि सक्रियताका साथ अघि बढिरहेको छ । प्रमुख जिल्ला अधिकारीहरुबाट चुनौतीहरुका बारेमा जानकारी प्राप्त भएको छ । निर्वाचन अधिकृत, मतदान स्थलका अधिकृतहरुसँग पनि सल्लाह भएको छ । कुनै भइपरि आएको सन्दर्भमा ईटहरी पृतना कार्यालयमा हाम्रो कमाण्ड पोष्ट रहनेछ । हामी त्यहाँबाट आदेश दिनेदेखि सबै सुरक्षा प्रबन्धको निगरानी गरिरहन्छौं । एउटा हेलिकप्टर तयारी अवस्थामा राखेका छौं ।

हामीले योभन्दा पनि विषम परिस्थितिमा निर्वाचन सम्पन्न गरिसकेका कारण पनि प्रहरीको मनोबल उच्च छ । फेरि निर्वाचन सम्पन्न गराउने कुरा खाली सुरक्षाकर्मीले मात्र गर्ने नभएर कर्मचारीदेखि लिएर राजनीतिक दलहरु, निर्वाचन अधिकृत, जनता सबैको उत्साह र मनोबलले हुने कुरा हो । त्यस कारण पनि हामी सुरक्षा प्रबन्धका लागि उत्साहपूर्वक लागिपरेका छौं । समग्रमा निर्वाचन सम्पन्न गराउन हाम्रो तयारी पुरा भएको अवस्था छ ।’

सम्बन्धित समाचारहरु

आयोजकले टिकटमा झुक्य ...

भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव आउने भनिएको सुनसरीको बर्जुमा महोत्सवमा झडप भएको छ । झडपमा परी ४ ...

इटहरीमा पुरुषको शव फ ...

इटहरीमा एक पुरुषको शव फेला परेको छ । इटहरी ५ स्थित पूर्व पश्चिम राजमार्ग नजिकै रहेको एपेक्स अस्पताल ...

झापामा राँगा चोरी गर ...

राँगा चोरी गरेको आरोपमा झापामा एक भारतीय नागरिक पक्राउ परेका छन्। पुस २६ गते राती झापा गाउँपालिका ४ ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved