बुहारी र नातिको कुटाईबाट ससुराको मृत्यु

alt
  • आश्विन १५, २०७९
  • अपराध न्यूज

सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा बुहारी र नातिको कुटाईबाट एक वृद्धको मृत्यु भएको छ । भोक्राह नरसिंह गाउँपालिका वडा नं. ६ स्थित मण्डल टोलका ७० वर्षीय खटर (सरबरिया) मण्डलको शनिवार बिहान घरमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईका अनुसार घरायसी विवाद हुँदा दुई बुहारी र एक नातिको कुटपिटबाट वृद्धको मृत्यु भएको हो ।

ससुराको नाममा रहेको जिउनी खेतीमा लगाएको केरा र धान बाँडफाँडको विषयमा विवाद हुँदा स्थिति कुटपिटमा परिणत भएको राईले बताए ।

कुटपिटबाट वृद्धको शंम्बेदनसिल अङ्गमा चोट लागेर मृत्यु भएको हुन सक्ने उनको भनाई छ । शवको पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रहरीले कुटपिटमा संलग्न ४५ वर्षीय बुहारी प्रमीला मण्डल, ३३ वर्षीय गुड्डी मण्डल र २१ वर्षीय नाति देवनन्द मण्डललाई पक्राउ गरेको छ ।

तिनै जना विरुद्ध कर्तव्य ज्यानमा जाहेरी लिएर कानुनी प्रक्रिया सुरु गरिएको डिएसपी राईले जानकारी दिए । जग्गाको विषयमा बुहारी र ससुराबिचको विवाद यस अघि प्रहरी कार्यालयसम्म समेत पुगेको थियो । 

सम्बन्धित समाचारहरु

निर्वाचन बिरोधी गतिव ...

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा आइतबार देशभरबाट ७१ जना पक्राउ परेका छन् । हूलहुज्जत ...

इटहरीमा घरको ताल्चा ...

इटहरी २० तरहरामा चोरी भएको छ । तरहराको पुष्पलाल टोलस्थित एक घरको ताल्चा फोडेर चोरी भएको हो । स्थानीय ...

सुनसरीमा मानव कङ्काल ...

सुनसरीको दुहबीमा मानव कङ्काल भेटिएको छ । दुहबी नगरपालिका ८ स्थित बियर उघोगको पछाडि धान खेतमा खप्पर, ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved