भारत खरैयाका डाक्टरले प्रहरीलाई निर्माण गर्दिए मन्दिर

alt
  • आश्विन ११, २०७९
  • अपराध न्यूज

प्यारालाइसिस रोग सम्बन्धी उपचार गदै आएका भारत खरैयाका डा. अशोक कुमार यादवले सुनसरीस्थित इलाका प्रहरी कार्यालय देवानगञ्जमा मन्दिर निर्माण गरिदिएका छन् । घटस्थापनाको दिन एक कार्यक्रमको आयोजना गरी निर्माण गरिएको भगवती मन्दिरको उद्घाटन गरिएको छ । ११ लाख रुपैयाँको लागतमा यादवले आफ्नो स्व. बुवा डा. राजेन्द्र प्रसाद यादवको स्मृतिमा मन्दिर निर्माण तथा मूर्ति प्रदान गरिएको हो ।

सोमबार मन्दिरको देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन मेहता, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी र जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु प्रसाद ढकाल र मन्दिर निर्माणकर्ता यादवले संयुक्त रूपमा मन्दिरको उद्घाटन गरेका थिए ।

मन्दिर निर्माणले इलाका प्रहरी कार्यालयको सोभा बढेको देवानगञ्जका प्रहरी निरीक्षक बद्री दाहालले बताए । कार्यालय व्यवस्थापनको लागि दाहालले सेवाग्राहीहरूको सहजताको लागि छलफल कक्ष समेत निर्माण गरिसकेका छन् ।

देवानगञ्जदेखि केही मिटर मात्र दुरीमा रहेको भारत खरैयाका डा. अशोक कुमार यादवले सामाजिक सेवाको रूपमा प्रहरी कार्यालयमा मन्दिर निर्माण गरिदिएका हुन । धेरै जसो नेपाली मूलका बिरामीहरू देवानगञ्ज हुँदै खरैया उपचारको लागि जाने गर्छन् । 

मन्दिर निर्माण गरिदिने यादव परिवारलाई देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता तथा प्रहरी उपरीक्षक ढकालले सम्मान गरेका थिए । प्रहरी उपरीक्षक ढकालले मन्दिर निर्माणले दुई देशबिचको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाएको बताए । देवानगञ्ज गाउँपालिका भारत बिहार राज्यको अररिया जिल्लासँग नजिक रहेको सीमावर्ती क्षेत्र हो ।

307319478_461441519343034_424062287427964074_n

Mnnx

सम्बन्धित समाचारहरु

निर्वाचन बिरोधी गतिव ...

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा आइतबार देशभरबाट ७१ जना पक्राउ परेका छन् । हूलहुज्जत ...

इटहरीमा घरको ताल्चा ...

इटहरी २० तरहरामा चोरी भएको छ । तरहराको पुष्पलाल टोलस्थित एक घरको ताल्चा फोडेर चोरी भएको हो । स्थानीय ...

सुनसरीमा मानव कङ्काल ...

सुनसरीको दुहबीमा मानव कङ्काल भेटिएको छ । दुहबी नगरपालिका ८ स्थित बियर उघोगको पछाडि धान खेतमा खप्पर, ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved