तस्करीको नयाँ तरिका : हावा भरिएको ट्युबभित्र गाँजा

alt
  • भदौ ५, २०७९
  • अपराध न्यूज

ट्युबमा बाँधेर नेपालबाट भारततर्फ गाँजा तस्करी हुने गरेको पाइएको छ । काठलाई हावा भरिएको ट्युबमा बाँधेर त्यसमा प्लास्टिकको बोरामा प्याक गरिएको गाँजा राखी कोसी नदी हुँदै भारततर्फ तस्करी गर्ने गरेको पाइएको प्रहरीले जनाएको हो । सशस्त्र प्रहरीले आइतबार बिहान कोसी नदीबाट ट्युबमा बाँधेर नदीमा तैरिरहेको अवस्थामा ९ वटा पोकामा रहेको २ सय ४० किलो गाँजा नियन्त्रणमा लिएपछि तस्करीको नयाँ तरिका खुलेको हो ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोसी नदीमा पटेरको घारीबाट २ सय ४० किलो गाँजा नियन्त्रणमा लिइएको हो ।

पहाडी जिल्लाहरूबाट सप्तरी आउने गाँजा कोसी नदी हुँदै भारततर्फ तस्करी हुँदै आएको छ । पछिल्लो समय सशस्त्र प्रहरीले कोसी ब्यारेजलगायत क्षेत्रमा निगरानी बढाएपछि तस्करहरूले काठमा हावा भरिएको टयुब बाँधी त्यसमा गाँजाको पोका बाधेर नदीमार्फत भारततर्फ तस्करी गर्ने गरेका हुन् । यसअघि विभिन्न स्थानबाट कोसी ब्यारेज आउने र त्यहाबाट डुंगाको माध्यमले भारततर्फ गाँजा तस्करी हुने गरेको थियो ।

तर डुंगामाथि सुरक्षाकर्मीले निगरानी बढाएपछि तस्करले ट्युबमा बाँधेर नदी हुँदै तस्करी गर्ने नयाँ उपाय निकालेको हुन सक्ने प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकबाट

सम्बन्धित समाचारहरु

निर्वाचन बिरोधी गतिव ...

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा आइतबार देशभरबाट ७१ जना पक्राउ परेका छन् । हूलहुज्जत ...

इटहरीमा घरको ताल्चा ...

इटहरी २० तरहरामा चोरी भएको छ । तरहराको पुष्पलाल टोलस्थित एक घरको ताल्चा फोडेर चोरी भएको हो । स्थानीय ...

सुनसरीमा मानव कङ्काल ...

सुनसरीको दुहबीमा मानव कङ्काल भेटिएको छ । दुहबी नगरपालिका ८ स्थित बियर उघोगको पछाडि धान खेतमा खप्पर, ...

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved