सुनसरीका नयाँ एसपीलाई झन्डै ‘पहिलो गासमै ढुङ्गा’

alt
  • श्रावण २१, २०७९
  • अपराध न्यूज

मनोज भुजेल । शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरुवा भएका प्रहरी उपरीक्षक प्रभु ढकाल जिल्लाको प्रहरी कमान्ड समाल्न कार्यालय आइपुगेका थिए । संयोगवश इलाका प्रहरी कार्यालय महेन्द्रनगरका नयाँ प्रहरी निरीक्षक राजेश दत्त पनि शुक्रबारनै महेन्द्रनगरको कमान्ड समाल्न कार्यालय पुगेका थिए ।

तर शुक्रबार राती २ बजे इलाका प्रहरी कार्यालय मातहतको चतरा बजारको औलिया ज्वलर्स फोडेर १० लाख बढी मूल्य बराबरको सुन र चाँदीका गरगहना चोरी भयो । ज्वलर्सकोे पछाडिको भागको ढोका फुटाई ठुलो धनराशिको चोरी भएको घटना भर्खरै जिल्ला र इलाकामा आएका नयाँ प्रमुखलाई तत्कालै जाहेर हुनु स्वाभाविक थियो ।

नयाँ प्रहरी उपरीक्षक ढकालले काठमाडौँबाट विराटनगर विमानस्थल ओर्लनु भन्दा अगाडी घटनाको अनुसन्धान गर्न चतरा प्रहरीका प्रमुखलाई निर्देशन दिइसकेका थिए ।

ढकालसँगै कार्यालय हाजिर हुन एकै समय गएका नयाँ प्रहरी निरीक्षक राजेश दत्तलाई पनि 'स्पट' मा पुगेर घटनाको अनुसन्धान गर्न र चाँडो चोरीमा संलग्नलाई पक्राउ गर्न आदेश दिए । जिल्ला टेकेकै दिन यति ठुलो चोरी हुनु र चोरीमा संलग्नलाई तत्कालै पक्राउ गर्नु दुवै प्रमुखको लागि 'च्यालेन्ज' को विषय बनेको थियो ।

दुवै प्रमुख यो घटना 'पहिलो गासमै ढुङ्गा' बनाउन चाहन्न थिए । अर्को तर्फ चतरामा यस अघि पनि पटक पटक भएका चोरीका घटनाले स्थानियसगै व्यवसायी आक्रोशित थिए । यता चोरीको घटना अनुसन्धानको लागि नेपाल प्रहरी प्रदेश कार्यालय धरानबाट वरिष्ठ सईको कमान्ड थप मद्दत टोली समेत चतरा आएको थियो ।

संयुक्त अनुसन्धान टोलीले ज्वलर्स चोरीमा नयाँ मान्छे नभई पसलको सम्पूर्ण जानकारी हुने व्यक्तिको हात भएको अनुमान गर्यो । चोरले सुरुमा पसलको सिसिटिभी क्यामेरा चुँडाएर फ्याकेको थियो । साथै घटना प्रकृति हेर्दा एक भन्दा बढी व्यक्ति संलग्न नभएको प्रहरीले प्रारम्भिक निष्कर्ष थियो । लगातार चतरा बजारमा भइरहेको चोरीका अन्य घटनामा प्रहरीको अनुसन्धान फितलो आरोप लागिरहेको अवस्थामा यो घटनामा भने चोरलाई जति सक्दो चाँडो पक्राउ गर्नु प्रहरीलाई दबाब पनि थियो ।

प्राय चोरीका घटनामा जतिसक्दो चाँडो चोर पक्राउ गर्न नसके चोरीका सामान (दशी प्रमाण) बरामद गर्न मुस्किल हुने गर्छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्त र प्रदेश प्रहरी कार्यालय धरानका वरिष्ठ सई तिलक कार्कीको संयुक्त अनुसन्धान टोलीले शङ्कास्पद व्यक्तिको अनुसन्धान गर्ने क्रममा वराहक्षेत्र १ बस्ने २६ वर्षीय अनिल बराइलीमाथि शङ्का पर्यो । चोरीपछि सोही ज्वलर्स आसपास अस्वाभाविक व्यवहार देखाएपछि उनलाई प्रहरीले सोधपुछको लागि प्रहरी कार्यालय लग्यो । सोधपुछमा मनोवैज्ञानिक विधि अपनाएको अनुसन्धान टोलीसँग शङ्का गरिएका बराइलीले केही समयमै चोरी गरेको स्वीकार गरे ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक ढकालका अनुसार सुरुमा बराइलीले चोरीको विषयमा आफूलाई जानकारी नभएको र चोरी भएको हल्ला सुनेपछि ज्वलर्स हेर्न मात्र गएको बयान दिए । पछि मनोवैज्ञानिक रूपमा प्रहरीले फकाउँदै गएपछि आफू एक्लैले चोरी गरेको र गहनाहरू घरको दराजमा राखेको प्रहरीसमक्ष स्वीकार गरेको उनले बताए । पछि उनको घर खानतलासी गर्दा दराजमा झोलामा राखेको अवस्थामा सबै गहनाहरू बरामद भएको प्रहरी उपरीक्षक ढकालले अपराध न्युजसँग बताए ।

Chori सुनका साना टुक्राहरू भने बराइलीले खैनीको प्याकेटमा हालेर बोकेका थिए । 

‘घटना भएको झन्डै १२ घण्टा भित्रै हामीले चोरीमा संलग्न व्यक्ति र गहनाहरू सुरक्षित फेला पार्न सफल भयौ’ प्रहरी उपरीक्षक ढकालले भने ‘बाँकी चतरा बजार क्षेत्रमा भएका अन्य चोरीका घटनामा समेत गहन अनुसन्धान गर्नेछौ ।

पक्राउ परेका बराइली यस अघिपनि चोरीका विभिन्न घटनामा संलग्न भएको प्रहरी रेकर्डले देखाएको छ । बराइली यसअघि चतराकै एक सुन पसलमा काम गर्ने गर्दथे । ढकालले चतरा बजार क्षेत्रमा चोरीका घटना वृद्धि भएको विषयमा भने चोरीका घटना न्यूनीकरणको लागि नागरिक तथा व्यवसायीहरू स्वयम सचेत हुनुपर्ने बताए ।

‘जिल्लाका अन्य ठाउँबाट पनि चोरीका गुनासाहरू प्रहरीकहाँ आएका छन्, म भर्खरै जिल्लाको प्रहरी कमान्ड समाल्दै छु, सबै ठाउँको वस्तुस्थिति बुझेर परिणाममुखी सुरक्षा योजना ल्याउनेछु’ ढकालले अपराध न्यूजसँग भने ।

सम्बन्धित समाचार : 

सुनसरीमा नयाँ एसपी प्रभुप्रसाद ढकाल

 

सम्बन्धित समाचारहरु

बुहारी र नातिको कुटा ...

सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा बुहारी र नातिको कुटाईबाट एक वृद्धको मृत्यु भएको छ । भोक्राह नरस ...

भारत खरैयाका डाक्टरल ...

प्यारालाइसिस रोग सम्बन्धी उपचार गदै आएका भारत खरैयाका डा. अशोक कुमार यादवले सुनसरीस्थित इलाका प्रहरी ...

जुवाजन्य गतिविधि गर् ...

चाडपर्वको नाममा आयोजना हुने मेला महोत्सव भित्र जुवाजन्य गतिविधि गर्ने आयोजक विरुद्ध जिल्ला प्रशासन क ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved