सुनसरी जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले सुनसरी जिल्लासहित ४ जिल्लाका प्रमुखको फेरबदल गरेको हो ।
आइतबार गरिएको काज सरुवा अनुसार सुनसरीमा प्रभुप्रसाद ढकाल आएका छन् । ढकाल गृह मन्त्रालयको प्रहरी प्रशासनमा कार्यरत थिए । सुनसरीका सञ्जयसिंह थापा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा सरुवा भएका छन् ।
यस्तै उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डित पठाइएका छन् । यी जिल्लाका सबै प्रहरी उपरीक्षकहरुले एक वर्षभन्दा बढी जिल्लाको नेतृत्व गरिसकेका थिए ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved