अपराधरहित समाज निर्माण पहिलो दायित्व : डीआईजी गिरी

alt
  • असार २३, २०७९
  • अपराध न्यूज

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको डीआईजी सुदिप गिरी कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । गृह मन्त्रालयको यही असार १९ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भई यस कार्यालयमा पदस्थापना हुनु भएका प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बिहिबार कार्यभार सम्हाल्नु भएको हो । नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउनु भएका वहाँले यस अगाडि बिशेष ब्युरो, सिआईबी, अपराध महाशाखा जस्ता महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरि सक्नु भएको छ ।

बिशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका वहाँले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गर्नु भएको छ ।

यसैगरी वहाँले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसक्नु भएको छ । बिराटनगरमा हाजिर भए पश्चात वहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

dss

सम्बन्धित समाचारहरु

बुहारी र नातिको कुटा ...

सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा बुहारी र नातिको कुटाईबाट एक वृद्धको मृत्यु भएको छ । भोक्राह नरस ...

भारत खरैयाका डाक्टरल ...

प्यारालाइसिस रोग सम्बन्धी उपचार गदै आएका भारत खरैयाका डा. अशोक कुमार यादवले सुनसरीस्थित इलाका प्रहरी ...

जुवाजन्य गतिविधि गर् ...

चाडपर्वको नाममा आयोजना हुने मेला महोत्सव भित्र जुवाजन्य गतिविधि गर्ने आयोजक विरुद्ध जिल्ला प्रशासन क ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved