दुर्घटनामा घाइते भएका ६ जनालाई गोल्डेन अस्पतालले बन्धक बनायो 

alt
  • असार १६, २०७९
  • अपराध न्यूज

उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको गोल्डेन अस्पतालमा ६ जना बिरामी बन्धक भएका छन् । दुई साताअघि सुनसरी कोशी गाउँपालिकाको हरिपुरमा भएको दुर्घटनामा परि घाइते भएका बिरामीलाई गोल्डेन अस्पतालले केही दिनअघि डिस्चार्ज गरेपनि उपचार खर्च तिर्न नसक्दा बन्धक भएर बस्नु परेको पीडितले बताएका छन् ।

विराटनगरदेखि गाईघाट हिँडेको ना ५ ख ६५६४ नम्बरको बस जेठ ३० गते दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए । घाइते भएकामध्ये २६ जना चाँडै नै अस्पतालबाट घर फर्किए पनि गम्भीर घाइते ६ जनाको अस्पताल बसाइ लम्बिएको थियो । ती घाइते डिस्चार्ज भएको १० दिन विति सकेको छ। तर, गोल्डेन अस्पतालले भने उपचार खर्च तिर्न बाँकी रहेको जनाउँदै बन्धक बनाएको पीडितले बताएका हुन् ।

दुर्घटना गर्ने बस ओम साइ संघका कर्मचारी लिला घिमिरेले अस्पतालसँग सहकार्य गरि यात्रुहरूलाई उपचार गर्न भर्ना गराउनुभएको थियो । अस्पतालमा उपचारमा समय लम्बिएका छ जना बिरामी असार ७ गते डिस्चार्ज भएका थिए । ती डिस्चार्ज भएकालाई अस्पतालले बन्धक बनाएर राखेको हो ।

Ghaite11 बिरामीको आर्थिक अवस्था दयनीय भएकाले गर्दा आफै खर्च तिर्न सक्ने अवस्था छैन् । अस्पताल प्रशासनका प्रमुख सन्तोष मेहताले भने यातायात व्यवसायी संघले अस्पताल लाई उपचार खर्च पठाउने वचन दिएपनि अहिलेसम्म नपठाएको बताउनुभयो । अस्पतालमा वस व्यवसायी संघले १ लाख  पठाएको र अन्य १२ लाख तिर्न बाँकी रहेको प्रमुख मेहताले बताउनुभयो ।

बिरामीलाई अस्पतालले  बन्धक बनाएर राखी रहँदा वस सञ्चालक भने फरार छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नगेन्द्र कार्कीले वस सञ्चालकको खोजी भइरहेको जानकारी दिनुभयो । 

सम्बन्धित समाचारहरु

श्रीमान श्रीमतीनै मि ...

इटहरी ४ की २७ वर्षीय सृजना ओझा स्टाफ नर्स हुन् । उनी केही वर्ष अघिसम्म इटहरीकै एपेक्स अस्पतालमा कार् ...

सुनसरीका नयाँ एसपीला ...

मनोज भुजेल । शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरुवा भएका प्रहरी उपरीक्षक प्रभु ढकाल जि ...

सुनसरीमा नयाँ एसपी प ...

सुनसरी जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले सुनसरी जिल्लासहित ४ जिल् ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved