झापाको अर्जुनधारा ४ मा बोरा भित्र शव हालेर फ्याँकेको अवस्थामा भेटिएको छ । सोमबार बिहान बस्तीमा दुर्गन्ध फैलिएपछि प्रहरीलाई खबर गरेर हेर्दा शव भेटिएको हो । मृतकको सनाखत हुन सकेको छैन । मृतको पाखुरामा आरएन लेखिएको टाटु रहेको इलाका प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी रुगम कुबेरले अपराध न्यूजलाई जानकारी दिए ।
मृतक अन्दाजी ४०-४५ उमेर समूहको हुन सक्ने उनले बताए । शव ह्युमपाइप मुनि फलिएको अवस्थामा भेटिएको कुँवरको भनाई छ ।
‘शव निकै व्यवस्थित रुपमा बोरामा हालेर फ्याँकिएको छ, शव राखेर प्लाष्टिकको बोरालाई सिलाइको छ’ डीएसपी कुँवरले भने, ‘बोराबाट शव निकालेर पोस्टमार्टमको लागि धरानस्थित विपी प्रतिष्ठान पठाएका छौ ।’
उनका अनुसार शव सड्ने अवस्थामा भेटिएको कारण सनाखत हुन समस्या भएको जनाइएको छ । प्रहरीका अनुसार मृतकको हत्या हुन सक्ने अनुमान गरिएको छ । शवको प्रकृति हेर्दा ३-४ दिन अघि मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
शवको सनाखत हुन साथ अनुसन्धानको प्रकृया शुरु गरिने डीएसपी कुँवरले जानकारी दिए ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2022 - Aparadh News All rights reserved