इटहरीबाट बेपत्ता भएकी बालिका भारतको पन्जाबबाट उद्धार

alt
  • असार ७, २०७९
  • अपराध न्यूज

बैशाख ३० स्थानीय तह निर्वाचनको दिनदेखि बेपत्ता भएकी इटहरी १६ की १५ बर्षिया बालिका अस्मिता चौधरी भारतमा सुरक्षित फेला परेकी छिन् । प्रहरीका अनुसार उनलाई हरियाणा र पन्जाब राज्यको सिमा क्षेत्रबाट भारतको एन्टी ट्राफिकिङ सेल, भारतीय प्रहरी र साना हात संस्थाको समन्वयमा उनलाई केही दिन अघि एक गाऊबाट उद्धार गरिएको हो ।

चौधरीलाई अहिले भारतकै एक सेफ हाउसमा राखिएको छ । उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । उनलाई लिन इटहरीबाट उनका आफन्त र प्रहरी बुधबार भारत जादैछ

बालिका बेपत्ता भएयता इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रबिन्द्र थापा आफै खोज तलासको कमान्ड गरेका थिए । मोरङको सिमा नाका हुदै अस्मितालाई काका लालु चौधरीको सहयोगमा विराटनगरका दिनेश मण्डलले भारत कटाएको अनुसन्धानबाट खुलेको थियो । प्रहरी निरीक्षक थापाले बालिकाको खोजीको लागि प्रहरी हेडक्वार्टर, सीआईबी र भारतीय प्रहरीसँग प्रत्यक्ष पहल गरेका थिए । 

‘हामीले बालिकालाई सुरक्षित फेला पार्न सक्यौ, उनी अहिले सुरक्षित स्थानमा छिन् ।’ ‘हाम्रो टोली उनलाई लिन भारत जाने तयारीमा छ’ थापाले अपराध न्यूजसँग भने, ‘यसमा भारतीय प्रहरीको ठुलो सहयोग छ ।’

बालिका सुरक्षित फेला पार्न सफल भएपनि उनलाई त्यहाँसम्म पुराउने विराटनगरका दिनेश मण्डल भने फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । काका लालु र अर्का एक सहयोगी भने प्रहरी हिरासतमा छन् । 

बालिकालाई काका लालु चौधरीले एक जना झाँक्रीसँग फूलपाती सेलाउन कोशी नदि जानुपर्छ भनेर घरबाट लिएर गएका थिए । तर उनलाई झुक्याएर दिनेश मण्डल र काकाले बाइकमा राखेर विराटनगरको शनि मन्दिर हुँदै भारत कटाएका हुन । 

सम्बन्धित समाचार : 

इटहरीमा आफ्नै काकाले झाँक्रीसँग मिलेर बेपत्ता बनाए भतिजी

Add

 

 

सम्बन्धित समाचारहरु

धरानमा रेडपान्डाको छ ...

सुनसरीको धरानबाट रेड पाण्डाको छाला खरिद बिक्री गर्ने ३ जना पक्राउ परेकाछन् । जिल्ला प्रहरी कार्यालय ...

श्रीमान श्रीमतीनै मि ...

इटहरी ४ की २७ वर्षीय सृजना ओझा स्टाफ नर्स हुन् । उनी केही वर्ष अघिसम्म इटहरीकै एपेक्स अस्पतालमा कार् ...

सुनसरीका नयाँ एसपीला ...

मनोज भुजेल । शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरुवा भएका प्रहरी उपरीक्षक प्रभु ढकाल जि ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved