केही दिनदेखि बेपत्ता भएका सुनसरीको दुहबी ६ का १८ वर्षीय अफरोज मियाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अफरोजलाई उनकै नजिकको साथीहरूले हत्या गरेर सुनसरी मोरङको सीमामा रहेको बुढीखोलामा फालेको स्वयम् हत्यामा संलग्न तीनजना साथीहरूले बयान दिएका छन् ।
इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेव माझीले अफरोजको हत्यामा संलग्न भएको आरोपमा उनकै तीनजना साथीहरूलाई आइतबार पक्राउ गरेको र सबैले हत्या स्वीकार गरेको अपराध न्यूजलाई जानकारी दिए ।
पक्राउ परेकाहरूले अफरोजलाई गाजा काट्ने छुरा र रड प्रहार गरेर बुढीखोलामा फालेको प्रहरीलाई बयान दिएका थिए । यद्धती अफरोजले लगाएको टिर्सट बाहेक शव फेला पर्न सकेको छैन । प्रहरीको अनुसन्धानले अफरोजको शुक्रबार हत्या भएको जनाइएको छ ।
अहिले बुढीखोला क्षेत्रमा शव खोज तलास भइरहेको प्रहरी निरीक्षक माझीले जानकारी दिए । ‘हामी शव खोज्ने कार्यमा जुटिरहेका छौ, तर केहीदिन यता बुढीखोलामा आएको बाढीका कारण शव खोज्न समस्या भइरहेको छ’ उनले भने, ‘आफन्त र प्रहरीले शव खोज्ने प्रयास गरिरहेका छौ ।’
शुक्रबारदेखि बेपत्ता भएका अफरोजका परिवारले शनिबार दर्ता गराएको उजुरीका आधारमा उनको खोजी भइरहेको थियो ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2022 - Aparadh News All rights reserved