सुनसरीमा ४ हजार २ सय ४६ सुरक्षाकर्मी परिचालन, यस्तो छ सुरक्षा योजना

alt
  • बैशाख २९, २०७९
  • अपराध न्यूज

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरी प्रशासनले सुरक्षाका दृष्टिकोणले ४४ वटा मतदान केन्द्रलाई अति संवेदनशील र ८० वटा संवेदनशील ठानेर सुरक्षा व्यवस्था कडा पारेको छ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरि सुरक्षा थ्रेटलाई ख्याल गरेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिइयो  । सुनसरीमा ४२ वटा मतदान स्थल सामान्य सुचीमा वर्गीकरण गरिएको छ । सुनसरीमा एक सय ६६ वटा मतदान स्थल अन्तर्गत पाँच सय ८१ वटा मतदान केन्द्र छन् । मतदान केन्द्रमा २ हजार २ सय ४६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार १२ वटा स्थानीय तहको निर्वाचन सुरक्षाको लागि नेपाल प्रहरी तर्फ १३१७ जना, म्यादी प्रहरी २०६८ जना, सशस्त्र प्रहरी ५१२, नेपाली सेना ३३० जना र राष्ट्रिय अनुसन्धान विभागका १९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।  सुनसरीका २ उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिकाको १ सय २४ वटा वडा छन् । 

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन गर्नुपर्ने सम्पूर्ण काम सकिएको बताउँदै जिल्लामा चार तहमा सुरक्षाकर्मी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । साथै सुनसरीसँग जोडिएको भारतीय सिमा ७२ घण्टाको लागि सिल गरिएको समेत वहाँले जानकारी दिनुभयो । यादवले निर्वाचन आचार संहितालाई पनि पूर्ण पालना गर्न र गराउन उनले सबैलाई आग्रह समेत गर्नुभयो । 

खुल्ला सीमानाका कारण सुनसरीमा सुरक्षा चुनौती रहेको छ। खुल्ला सीमनाकै कारण आपराधिक व्यक्तिहरूको सहज आउँजाउँ र भारतमा बस्ने कतिपयले नेपाली नागरिकता लिएकाले गर्दा पनि त्यस्ता व्यक्ति नाममा मतदान गर्न आउने हुँदा सुरक्षा व्यवस्था मजबुत पारिएको छ । भारत सरकारसँगको समन्वयमा सीमा क्षेत्रमा आउँजाउँ रोक लगाउँदै बोर्डर सिल गरिएपनि कतिपय अनेक बाहना बनाएर र यतिबेला मकैबारी भएकाले प्रहरीको आँखा छलेर नेपाल आउने भएकाले गर्दा पनि प्रहरीले सीमा क्षेत्रमा सर्तकता बढाएको छ ।

यता, सुनसरीको धरान र इटहरीमा नेपाली सेनाको ‘कम्पनी अपरेटिङ बेस’ स्थापना गरी जिल्लामा नेपाली सेना परिचालन गरिएको छ । स्थानीय निर्वाचन सफल बनाउन र सुनसरीको शान्ति सुरक्षा मजबुत बनाउनका लागि चौबिसे घण्टा सेना परिचालन गरिएको अवस्था छ ।

सेनाले निर्वाचनको सुरक्षाका लागि धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, रामधुनी, बराहक्षेत्र, दुहबी नगरपालिका तथा कोसी, भोक्राहा नर्सिङ, हरिनगरा, गडी, बर्जु, देवानगन्ज गाउँपालिकामा पेट्रोलिङ गस्ती थालिसकेको छ । विशेष अवस्थामा इटहरीस्थित नेपाली सेनाको क्याम्पबाट हेलिकप्टरबाट हवाई सुरक्षाको प्रबन्ध पनि मिलाइएको छ ।

साथै निर्वाचनको समय बैशाख ३० गतेको लागि आवश्यक सवारी पासको समेत व्यवस्था गरिसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै मादकपदार्थ बिक्री वितरण एवं सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

सम्बन्धित समाचारहरु

लागुऔषध सहित ४ जनाला ...

मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरिएको ...

किर्ते मुद्दामा फरार ...

सरकारी छाप दस्तखत किर्ते मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेदेखि फरार रहेकी प्रदेश १ की सांस ...

दुर्घटनामा घाइते भएक ...

उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको गोल्डेन अस्पतालमा ६ जना बिरामी बन्धक भएका छन् । दुई साता ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved