ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको गोटीछाँगामा छोराले वृद्ध बाबुआमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार आइतराज लिम्बुले बिहीबार बेलुका ७० वर्षीय बाबु बृखबहादुर र ७२ वर्षीय आमा फिपरानीको हत्या गरेका हुन् ।
२५ वर्षीय आइतराजलाई प्रहरी नियन्त्रणमा लिएको राईले जानकारी दिए । घटनामा धारिलो खुकुरी प्रहार भएको उनले बताए ।
प्रहरीका अनुसार मादक पदार्थ सेवनका कारण घटना भएको जनाइएको छ । एक साताअघि मात्रै लिम्बुको पारिवारिक झगडा लेलेप प्रहरी चौकीमा मिलापत्र गराएको थियो ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2022 - Aparadh News All rights reserved