प्रदेश १ को डिआईजीमा पिताम्बर अधिकारीलाई ल्याउने गृह सचिवको तयारी

alt
  • जेठ ६, २०७६
  • अपराध न्यूज

नेपाल प्रहरीको डिआईजी पदको सरुवाको तयारी भइरहेको बेला को कुन ठाँउमा जाने बिषयमा दाबी हुन शुरु भएको छ । डिआईजीको सरुवामा प्रहरी प्रधान कार्यालय भन्दा गृह मन्त्रालय अनि सरकारमा सहभागी नेताहरुको पावर राम्रो चल्ने भएपछि को कहाँ जाने भनेर सिनियर प्रहरी अधिकृत ‘सरुवा लविङ’ मा लागेका छन् ।

हालै डीआइजी बढुवा भएका प्रहरी प्रवक्ता विश्वराज पोखरेल सीआइबीमा सरुवा हुने दाउमा छन् । काठमाडौं परिसरमा ६ महिनाभन्दा बढी समय काम गर्न नपाएकाले उनी सीआइबीमा जाने र त्यहाँ काम देखाएर आफूभन्दा सिनियर डीआइजीहरुसँगै एआइजी बढुवाको बाटो पहिल्याउने सुरमा छन् ।

भर्खरै प्रवक्ता भएकाले २ महिना जति प्रहरी प्रधान कार्यालयमा बसी त्यसपछि सीआइबीमा जाने दाउ उनको छ । २ नम्बर प्रदेशका डीआइजी पाललाई पठाउने पक्षमा आइजीपी खनाल देखिएपछि पोखरेल जसरी पनि २ महिना रोकेर त्यसपछि आफू जाने योजनामा लागेका छन् ।

पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कन्भिन्स गर्न सके उनी सीआइबीमा आउनेछन् । 

यस्तै १ नम्बर प्रदेशका डीआइजी केदार रिजाल महानगरीय आयुक्त कार्यालयमा आउन खोजिरहेका छन् । ३० बर्षे सेवाहदको प्रावधान हटाउने र भावी आइजीपी हुनका लागि पहल गर्न उनी काठमाडौंमा आउने दौडमा छन् । १ नम्बर प्रदेशमा ५ नम्बर प्रदेशका पिताम्बर अधिकारीलाई पठाउने पक्षमा गृह सचिव प्रेमकुमार राई समेत सकारात्मक रहेका छन् ।

इन्चार्जबाट इन्चार्ज दिएकोमा बिरोध नै भए पनि उनलाई १ नम्बर प्रदेशमा पठाउने संभावना छ । आइजीपी पनि उनीसँग सकारात्मक नै छन् ।

३ नम्बर प्रदेशको डीआइजीमा पूर्णचन्द्र जोशीको नाम छ । प्रद्युम्न कार्कीलाई २ नम्बर वा ५ मा पठाउने तयारी छ ।

सम्बन्धित समाचारहरु

१२ दिनदेखि बेपत्ता य ...

१२ दिनदेखि बेपत्ता मोरङको केराबारी गाउँपालिका–८ का एक युवकको शव रुखको जराभित्र भेटिएको छ । रुख ...

प्रदेश १ का ४ प्रहरी ...

नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह ...

प्रहरी जवान दनुवार भ ...

प्रहरी जवान रबिन्द्र दनुवार जिल्ला प्रहरी कार्यालय सुनसरीको पुस महिनाको उत्कृष्ट प्रहरी पुलिस अफ द म ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved