बुबालाई सम्झाउँदा उल्टै छोराछोरीमाथि एसिड पोखिदिए 

alt
  • मंसिर ७, २०७८
  • अपराध न्यूज

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवसायी हुन् । पसल र घर एकै ठाँउ रहेकाले मोहन प्राय मादक पदार्थ सेवन गर्ने गर्दथे । मापसे गरेकै कारण प्राय उनको परिवारमा विवाद भइरहन्थ्यो । सोमबार पनि अत्याधिक मापसे गरेका मोहनले खाना खाने समयमा श्रीमती र छोराछोरीसँग पसलको विषयमा विवाद गरेका थिए ।

राती गरिब ८ बजेको समयमा मोहन र २५ बर्षिया छोरा सुरजसँग विवाद हुन्छ । तर बुबालाई सम्झाउन खोजेका छोरा सुरज र १५ बर्षिया छोरीमाथि मोहनले पसलमा रहेको एसिडको बोतल खन्याइदिन्छन्

सुन सफा गर्न राखेको एसिडले छोरा सुरजको घाटी र दाया हातमा र छोरीको हात र खुटामा पोखिन्छ । आफ्नै छोराछोरीमाथि एसिड प्रहार गरेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीकहाँ बुझाएका हुन । 

बुवा मोहनको एसिड प्रहारबाट घाइते भएका छोरा सुरजको जिल्ला अस्पताल फाप्लुमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले अपराध न्युजलाई जानकारी दिए । छोरीको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

‘एसिड प्रहार गर्ने मोहन प्राय मापसे सेवन गर्दथे, परिवारमा विवाद भइरहन्थ्यो’ ढकालले भने ‘सोमबार राती भने पसलमा रहेको एसिड छोराछोरीमाथि खन्याइदिएका हुन ।’ 

प्रहरीले उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको उनले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

सम्बन्धित समाचारहरु

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

फ्रान्सेली नागरिकको ...

सगरमाथा क्षेत्रमा १३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको छ। ६ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved