एकादशीमा मापसे गरेका भाइको दाइले गरे हत्या 

alt
  • कार्तिक ३०, २०७८
  • अपराध न्यूज

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका १ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियाले ३५ वर्षीय भाइ इच्छा मुखियाको धारिलो हतियार कर्द प्रहारबाट हत्या गरेका हुन ।

घटना सोमबार साँझ करिब ६ बजे भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

सोमबार हरिबोधनी एकादशीको दिन सन्दकपुर नजिकै मेला घुमेर फर्किएका भाइ  इच्छा मुखिया नजिकैको काका नता पर्नेको होटलमा बसेर मापसे गरेका थिए । दाइ चक्र मुखियाले भाइलाई घर जान र धेरै मापसे नगर्न आग्रह गर्दा दुवैबीच विवाद भएको थियो । सो क्रममा होटलमा रहेको कर्दले इच्छा मुखियामाथि प्रहार भएको सन्दकपुर गाउँपालिका १ का वडाध्यक्ष नन्द कुमार राईले अपराध न्युजलाई जानकारी दिए ।

‘मेला हेरेर फर्किएका भाइ इच्छाको समूहले धेरै मापसे गरेको देखेर दाइ चक्रले सम्झाएका थिए, रिस आवेगमा झगडा हुँदा हत्या भयो’ वडाध्यक्ष राईले भने ‘हत्या गर्ने चक्र अहिले प्रहरी नियन्त्रणमा छन् ।’ 

कर्द प्रहार गर्ने चक्रलाई जिल्ला प्रहरी कार्यालय इलाम र प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले हतियार सहित पक्राउ गरेको बताइएको छ । हत्या गर्ने विरुद्ध अदालतमा म्याद थप गरि थप अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

फ्रान्सेली नागरिकको ...

सगरमाथा क्षेत्रमा १३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको छ। ६ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved