फ्रान्सेली नागरिकको खोजीमा तालिम प्राप्त टोली सोलुमा 

alt
  • कार्तिक २३, २०७८
  • अपराध न्यूज

सगरमाथा क्षेत्रमा १३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको छ। ६ हजार ७८३ मिटर उचाइमा पर्ने खाङतेगा हिमाल आरोहणका क्रममा बेपत्ता बनेका तीन जना फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

उनका अनुसार तालिम प्राप्त १४ जना फ्रान्सेली नागरिकसहितको टोली आइतबार हेलिकोप्टरमार्फत खुम्बु आएको छ। सो टोलीले सोमबारदेखि काम सुरु गरेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए।

आइतबार मौसम प्रातिकूल बनेकाले खोजी कार्य सुरु हुन नसकेको उनको भनाइ छ। होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत तीन जना बेपत्तासहित ८ जनाको टोली माउन्ट खाङतेगा हिमाल आरोहणका लागि असोज १८ गते लुक्ला आएको थियो। तीमध्ये थोमस, गाब्रियल र लुइस नाम गरेका नागरिक बेपत्ता छन्।

कोरोनाको जोखिम कम भएसँगै खुम्बु क्षेत्र भ्रमणमा आउनेक्रम बढेको छ।

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved