दिदीले भाइको बिरामी ठिक पार्न बुहारी र भतिजीलाई ‘प्रेत’ बनाएर हत्या 

alt
  • कार्तिक १४, २०७८
  • अपराध न्यूज

इलाम देउमाई नगरपालिका ५ बारुङ का ३३ वर्षीय कमल तामाङले आफ्नो गाँउ ठाँउमा राम्रो क्षवी बनाएका थिए । खेती किसानी गदै केही महिना अघि अटो खरिद गरेर अटो चलाइ पनि रहेका थिए । यहाँ सम्मकी उनले आफ्नो अटोमा दुख बिरामी परेकालाई निशुल्क गन्तव्यमा पुराउँथे । शालीन र सहयोगी स्वभावका कमलले आफ्नै श्रीमती सिता र १६ बर्षिया छोरी शिक्षाको हत्या गरे भनेर छिमेकी र आफन्तले नै शुरुमा विश्वास गरेनन् । 

कमल दशैँको टिकाको भोलि पल्टबाट बिरामी भए । शरीर काम्ने र ज्वरो आउने गरेका कारण उनी घरमै आराम गरिरहेका थिए । साँझ भएपछि प्राय कमल बिरामी पर्थे । घटना भएको अघिल्लो दिन अर्थात कार्तिक ८ कमलको स्वास्थ्यमा सुधार नभएपछि परिवारको सल्लाहमा घरमा धामी राख्ने योजना बन्छ । 

तर कमलको दुई दिदी मध्ये एक दिदी लामो समयदेखि गाँउघरमानै धामी बस्दै आएकी हुन्छिन् ।  र दिदीको सुझावमा कार्तिक ८ मा राती धामी बस्ने भनेर परिवारका सबै सदस्य भेला हुन्छन् । 

कमलका बुवा, आमा, दुई दिदी र श्रीमती छोरीसहित राती ९ बजेबाट धामी बस्न शुरु हुन्छ ।

धामी बस्ने क्रममा दिदीले कमल बिरामी हुनुको कारण परिवारको सदस्यमा ‘भूत प्रेत’ पसेको कारण यस्तो भएको बताउँछिन् । सो क्रममा श्रीमती र छोरीको शरीरमा प्रेत पसेको र उनीहरूकै कारण भाइ बिरामी भएको भनेर दिदीले सुनाउँछिन् । र प्रेत निकाल्ने भन्दै कमललाई श्रीमती र छोरीमाथि टोक्न र पिट्न लगाइन्छ । 

अर्ध बेहोस अवस्थामै कमलले श्रीमती सिता र छोरी शिक्षामाथि आक्रमण गर्न थाल्छन् । कमलले श्रीमतीको घाटी, गर्दन, पेट र खुटा लगायतका भागमा जथाभावी टोक्छन् । र छोरीको पनि घाटी, तिग्रा र स्तनमा टोक्छन् । 

Ilam Hatya दाँतको टोकाइबाट आतिएर श्रीमती र छोरी चिच्याउन थालेपछि कमलले दुवै जनाको घाटी थिची हत्या गरेको प्रहरीको अहिलेसम्मको प्रारम्भिक अनुसन्धान छ । घटना करिब १२ बजेपछि भएको अनुमान गरिएको छ । 

दिदीको इसारामा अन्धविश्वासको भरमा परेर कमलले आफ्नै श्रीमती र छोरीको हत्या गर्न पुग्छन् । 

घटनास्थल पुगेर फर्किएका देउमाई नगरपालिका ५ का वडाध्यक्ष दिलिप कुमार कार्कीका अनुसार परिवारको अन्धविश्वास परम्परा धामी झाँक्री प्रतिको विश्वासका कारण जघन्य घटना हुन पुगेको बताउँछन्

‘कमल गाँउको अत्यन्त राम्रो मान्छे हो, परिवारका सदस्यको इसारामा लाग्दा घटना भयो’ कार्की अपराध न्युजसँग भन्छन् ‘यसमा उनकी दिदीको प्रत्यक्ष भूमिका छ ।’ ‘कमलको दिदी पुरानो धामी हुनु, त्यस दिनपनि उनकै योजनामा धामी बसेको हो । तर यस्तो घटना हुन्छ भनेर कसैले विश्वास गरेका थिएनन् ।’

‘हाम्रो क्षेत्रमा केही दुख बिरामी परे धामी झाँक्रीको मद्दत लिने गरिन्छ ।’ ‘यसलाई निरुत्साहित गर्न सकेका छैनौ’ वडाध्यक्ष कार्की भन्छन् ।

अहिले जिल्ला प्रहरी कार्यालय इलामले हत्यामा संलग्न कमलसहित उनका आमा, बुवा, र दुई दिदीलाई म्याद थप गरि अनुसन्धान गरिरहेको छ । कमलसहित सबैलाई कर्तव्य ज्यान अन्तर्गत मुद्धा चलाउने प्रहरीको तयारी छ ।

यता जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले घटनामा संलग्न ५ जना परिवारका सदस्यलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको बताए ।

यो पनि : 

इलाममा झारफुक गर्ने क्रममा श्रीमानले गरे श्रीमती र छोरीको हत्या

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved