प्रहरी अब रूपान्तरण हुन आवश्यक छ : आइजिपी थापा 

alt
  • कार्तिक १०, २०७८
  • अपराध न्यूज

नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउनु भएको छ । समाजको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा अब प्रहरी कर्मचारीहरूमा नयाँ सोच र धारणा आउनु पर्ने तथा काम कारबाहीमा रूपान्तरण हुनुपर्ने अबको आवश्यकता रहेको बताउनुभयो ।

नव निर्मित इलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुको कार्यालय भवन, तथा आवास गृहको उद्घाटन गदै आईजिपी क्षेत्रीले यस्तो धारणा राख्दै प्रहरी अब नयाँ सोचका साथ अगाडि बढ्नु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माणमा उल्लेखनीय भुमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरूलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्ता प्रहरी सेवाका कार्यहरूमा प्रतीक्ष्य असर पर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भए सँगै नागरिक सेवामा अब विगतका दिनहरू भन्दा प्रभावकारी ढंगले अगाडि बढ्न नव निर्मित भवनको योगदान रहने विश्वास व्यक्त गर्नु भयो ।

२४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरूलाई यस्ता भौतिक सुविधाले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै थप जोसऊर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनु भएको थियो ।

इलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुको साँढे २ तले कार्यालय भवन तथा आवास गृह २ करोड, ६६ लाख, ३३ हजारको कुल लागतमा निर्माण सम्पन्न भएको भएको हो ।

 

 

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved