इलाममा झारफुक गर्ने क्रममा श्रीमानले गरे श्रीमती र छोरीको हत्या

alt
  • कार्तिक ९, २०७८
  • अपराध न्यूज

इलाम देउमाई नगरपालिका ५ बारुङमा आफ्नै श्रीमानले झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेका छन् । हत्यामा संलग्न ३३ वर्षीय कमल तामाङ प्रहरी पक्राउ परेका छन् । 

बिहान करिब ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी बेहोस हुने बिरामी रहेका श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरीरको बिभिन्न भागमा टोक्दा र घाटी दबाउँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले अपराध न्युजलाई जानकारी दिए । 

गए रातीदेखि घरमै धामी बसेको अवस्था थियो, झारफुक गर्ने बहानामा दातले शरीरका बिभिन्न भागमा टोक्ने र गला दबाउँदा श्रीमती र छोरीको मृत्यु भएको उनले बताए । 

हत्यामा संलग्न कमल तामाङलाई तत्कालै पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली खटि गई कमल तामाङलाई नियन्त्रणमा लिएको हो । घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।

शव पोस्टमार्टमको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भइरहेको छ । 

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved