झापाका मासु व्यवसायीको हत्यामा अपराधीको ‘फिङगर प्रिन्ट’ म्याच गरिदै

alt
  • कार्तिक ८, २०७८
  • अपराध न्यूज

कार्तिक २५ मा झापा बिर्तामोड– ५ का ५० वर्षीय मासु व्यवसायी इन्द्रबहादुर मगरको आफ्नै पसलमा धारिलो हतियार प्रहारबाट हत्या भयो । गर्दनको आधा भागनै छिनिने गरि मगरको पसलमै रहेको मासु काट्ने खुकुरी हत्यामा प्रयोग भएको थियो । र अहिले प्रहरी खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचानमा जुटिरहेको छ । 

साँझ करिब ८.३० पछिको समयमा भएको घटनामा अँध्यारो र सिसिटिभी नभएको कारण प्रहरीले हत्यामा संलग्नको पहिचान गर्न मुस्किल भइरहेको बताएको छ । तर शंकास्पद केही व्यक्ति प्रहरीको निगरानी र अनुसन्धानमा छन् । 

लामो समयदेखि बङ्गुरको मासु बेच्दै आएका मगरको पसल भित्रै भएको हत्यामा चिनजानकै व्यक्ति संलग्न हुनसक्ने आधारमा अनुसन्धान फराकिलो बनाउँदै गएको छ । जसमा इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र १ नं प्रदेश प्रहरीको विशेष आरआईटी टिमले संयुक्त रुपमा घटनाको अनुसन्धान गरिरहेको छ । 

अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको खुकुरी फरेन्सिक जाँचको लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाइएको छ । र खुकुरीमा भएको फिङगर प्रिन्टबाट अपराधीको थप पहिचान हुने भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले अपराध न्युजलाई जानकारी दिए । 

रिर्पोट आएपछि निगरानी र अनुसन्धानमा रहेका व्यक्तिको फिङगर प्रिन्ट म्याच गराइने उनले बताए । 

‘हामीले यो घटना टप प्राइरोटीमा राखेर अनुसन्धान गरिरहेका छौ,आरआईटीको टिमले प्राविधिक विश्लेषण गरिरहेको छ’ थापाले भने ‘शंकास्पद केही व्यक्ति हाम्रो निगरानीमा छन् ।’ ढिलो चाडो हत्यारा प्रहरी नियन्त्रणमा आउँछ । 

घटनापश्चात प्रहरीले धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट ‘ट्रयाकर’ डग बोलाएर अपराधस्थल ‘स्नीफिङ’ समेत गरिएको थियो । डगले हत्यारा महानन्द चोक तर्फ भागेको संकेत गरेको थियो । शवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम भइ दाहसंस्कार भइसकेको छ ।

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved