सुनसरीमा ब्राउन सुगरसहित पाँच पक्राउ

alt
  • श्रावण २६, २०७८
  • अपराध न्यूज

सुनसरीको इनरुवाको बसपार्कबाट प्रहरीले सप्तरीका पाँच जनालाई १ सय ३० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी–१४ बस्ने २० वर्षीय अमोदकुमार यादव, रामपुर मलहनिया–१४ बस्ने २४ वर्षीय विनोदकुमार कामत, तिलाठी कोलारी–४ बस्ने २० वर्षीय ईनरकुमार मुखिया, सोही वडा बस्ने १९ वर्षीय रमेश मुखिया र कार चालक २२ वर्षीय फूलकुमार मुखिया रहेका छन् ।

प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेपनि मंगलबार बिहान सार्वजनिक गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउँदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकेर तलासी ब्राउन सुगर बरामद भएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसैबीच मोरङको उत्तरी क्षेत्रमा पर्ने लेटाङ नगरपालिका–९ बुढौली चौकबाट लागूऔषधसहित लेटाङ–८ बस्ने २४ वर्षीय पदमबहादुर राई पक्राउ परेका छन् । अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले उनको साथबाट ३ सय ७० ट्याब्लेट स्पासपेन बरामद गरेको हो ।

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved