धरानमा ‘हिल ट्याङ्क’ भित्र पुरुषको शव फेला, प्रहरीको संयुक्त टोलीले अनुसन्धान गदै

alt
  • श्रावण १४, २०७८
  • अपराध न्यूज

सुनसरीको धरान ५ सुन्दर बस्तीमा एक पुरुषको शव पानी भर्न प्रयोग हुने हिल ट्याङ्क भित्र भेटिएपछि घटना अनुसन्धानको लागि प्रहरीको संयुक्त टोली परिचालित भएको छ । ४७ वर्षीय विनोद लिम्बुको शव बुधवार साँझ आफ्नै घर भित्र रहेको हिल ट्याङ्क भित्र फेला परेको थियो ।

लिम्बुलाई हत्या गरी शव लुकाउने उद्देश्यका साथ १८०० लिटरको हिल ट्याङ्क भित्र राखेर हत्यारा फरार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकको घाटी रेटिएको, हात र शरीरका विभिन्न भागमा धारिलो बस्तुले प्रहार भएको देखिन्छ ।

घटना अनुसन्धानको लागि अहिले सङ्घीय प्रहरी इकाई कार्यालय धरान, १ नं. प्रदेश प्रहरीको (रिट) र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोली परिचालित भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार हत्या गरी शव ट्याङ्कमा लुकाएको हुन सक्ने आधारमा अनुसन्धान भइरहेको जानकारी दिए ।

‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सीक टोलीले घटनास्थलको अनुसन्धान गरी शव पोस्टमार्टमको लागि पठाइएको छ’ उनले भने ‘घटनास्थलमा ट्रयाकर डग ‘पिकु’ समेत प्रयोग गरेका छौ ।’

गहन अनुसन्धान भइरहेको थापाले अपराध न्युजलाई जानकारी दिए ।

मृतक इजरायलबाट फर्केपछि धरान ५ मा घर बनाएर बसेका थिए । मृतकको पत्नी पनि इजरायलमा नै रहेको बताइएको छ । उनी घरमा एक्लै बस्दै आएका थिए । परिवारका अन्य सदस्यहरू धरानको भोटे पुलमा छन् । परिवारसँग सम्पर्क नभएपछि आफन्तजन आएर हेर्दा रगतको टाटाहरू देखेको र प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी पुगेर अनुसन्धान एवं खोजी गर्ने क्रममा शव ट्याङ्क भित्र भेटिएको हो ।

सम्बन्धित समाचारहरु

१२ दिनदेखि बेपत्ता य ...

१२ दिनदेखि बेपत्ता मोरङको केराबारी गाउँपालिका–८ का एक युवकको शव रुखको जराभित्र भेटिएको छ । रुख ...

प्रदेश १ का ४ प्रहरी ...

नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह ...

प्रहरी जवान दनुवार भ ...

प्रहरी जवान रबिन्द्र दनुवार जिल्ला प्रहरी कार्यालय सुनसरीको पुस महिनाको उत्कृष्ट प्रहरी पुलिस अफ द म ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved