दमकको महिला हत्या : श्रीमान् विरुद्ध ‘वान्टेड नोटिस’ जारी

alt
  • श्रावण ३, २०७८
  • अपराध न्यूज

झापाको गौरादह नगरपालिका–१ गेउरियामा ३९ वर्षीय सङ्गीता टुडुको हत्यामा संलग्न श्रीमान् विरुद्ध ‘वान्टेड नोटिस’ जारी गरिएको छ । असार ३१ गते उनका ३९ वर्षीय श्रीमान् सजिलाल रिख्यासनले निर्ममता पूर्वक कुटपिट गरी हत्या गरी फरार भएपछि इलाका प्रहरी कार्यालय दमकले उनी विरुद्ध वान्टेड नोटिस जारी गरेको हो ।

रिख्यासनले सङ्गीतामाथि लौरो प्रहार गरी हत्या गरेका थिए । दुवै जना मापसे सेवन गरी भएको विवादको क्रममा घटना भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले बताए । घटना भए पश्चात् फरार रिख्यासनको खोजीमा अझै पनि प्रहरी परिचालित भएको बताउँदै फेसबुक मार्फत हुलियासहित फोटो समेत सार्वजनिक गरिएको कार्कीले अपराध न्यूजसँग बताए ।

Notic ‘फरार रिख्यासनले अरू पनि घटना नघटाओस् भनेर फोटोसहितको हुलिया सार्वजनिक गरेका हौ’ कार्कीले भने ‘यदि कतै देख्नु हुने महानुभावहरूले प्रहरीलाई तत्काल खबर गरिदिनुहोला । डिएसपी कार्कीका अनुसार मृतक सङ्गीता उनको तेस्री श्रीमती हुन । ज्याला मजदुरी गरी सार्वजनिक स्थानमा बास बस्दै हिँड्ने रिख्यासन अब चाडै पक्राउ पर्ने बताए ।

रिख्यासनलाई कतै देखिए ९८५२६७०६०९, ९८५२६७०६०५ र ९८५२६९००३१ मा जानकारी दिनु हुन उनले अनुरोध समेत गरे ।

प्रतिवादीको विवरण :

नानिया रिख्यासनको छोरा जिल्ला मोरङ साविक दर्वेशा गा.वि.स.वडा नं.६ हाल परिवर्तित रंगेली नगरपालिका वडा नं.९ घर भई हाल जिल्ला झापा गौरादह नगरपालिका वडा नं. १ सितल चोक बस्ने वर्ष ३९ को उतिम ऋषिदेव भन्ने सजिलाल रिख्यासन ।

Full Photo

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved