इटहरी ४ स्थित बगैँचा टोलमा मृत भेटिएकी महिलाको पोस्टमार्टम रिर्पाेटमा शङ्कास्पद देखिएपछि श्रीमानलाई नियन्त्रणमा लिइएको छ । डेरा गरी बस्ने ३५ वर्षीय सुनिता राई गत जेठ २७ गते सुतेकै ठाउँमा मृत भेटिएकी थिइन । महिलाको हत्या वा अन्य कारणले मृत्यु भएको विषयमा प्रहरी अन्यौलमा थियो । अघिल्लो साँझ श्रीमान् न्याधिस राईसँग अत्यधिक मादक पदार्थ सेवन गरेर सुतेको कारण महिलाको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको थियो ।
तर शुक्रवार मृतक महिलाको पोस्टमार्टम रिर्पाेट आएपछि श्रीमान् न्याधिस राई शुक्रबारनै प्रहरीले नियन्त्रणमा लिएको थियो । राईलाई कर्तव्य ज्यान उघोगमा आइतबार म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।
पोस्टमार्टम रिर्पाेटमा टाउकोमा चोट देखिएको कारण हत्या आशङ्कामा श्रीमानलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको उनले बताए ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved