जिल्ला प्रहरी कार्यालय मोरङ्गले हत्या गरिएको अवस्थामा फेला परेकी महिलाको पहिचानका लागि सुचना सार्वजनिक गरेको छ। २०६९ चैत्र २२गते तत्कालिन बयरवन गाबिस ९ कानेपोखरीमा भेटिएकी महिलाको पहिचानका लागि सुचना सार्वजनिक गरेको हो। ०६९ चैत्र २२ गते राती मोरङ वयरवन गा.वि.स. वडा नं. ९ स्थित कानेपोखरीबाट रंगेलीतर्फ आवत जावत गर्ने कच्ची सडकको पूर्व पट्टिको किनारमा जंगलमा कम्मर देखि मुनीको भाग नाङ्गो, अनुहार कुचिएको, उत्तानो अवस्थामा शव फेला परेको थियो।
सो शवको नाम थर वतन सो बेलादेखि नै केहि नखुलेको, उचाई ५ फिट ३ ईन्च, बर्ण गहु गोरी, पेटमा सेतो धर्सा देखिने, सेतोमा बुट्टेदार कुर्ता लगाएकी, सेतो रंगको सुरुवालले मृतकको टाउको छोपेको, खैरोमा कालो फित्ता भएको चप्पल मृतकको छेउमै रहेको, मृतक देखि उत्तर ३ मिटरको दुरीमा गुलावी रंगको झोला रहेको अवस्थामा रहेको महिलाको बारेमा हालसम्म पहिचान हुन नसकेको हुँदा सो हुलिया भएको महिलाको सम्बन्धमा कुनै पनि जानकारी वा सो समय देखि हराई हालसम्म फेला नपरेको कुनै महिला भएमा जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्क नम्बर ९८५२०२७५५५/ ९८५२०३८३५५ मा जानकारी गराई आवश्यक सहयोग गरी दिनु हुन अनुरोध गरेको छ। प्रहरीले सूचनादाताको परिचय गोप्य राखिने पनि जनाएको छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved