जिल्ला प्रहरी कार्यालाय सोलुखुम्बुमा कार्यरत प्रहरी हवलदार चण्डीमान राई पुस महिनाको उत्कृष्ट प्रहरी बन्नुभएको छ । पाँचथर दर्वन्दि भई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत राईले सादा पोषाकमा रहि विभिन्न सूचना संकलनमा उत्कृष्ट कार्य गरि शान्ति सुरक्षा कायम गर्न महत्वपुर्ण भूमिका खेलेकाले उत्कृष्ट घोषित गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
उहाँको स्थायी ठेगाना सोलुखुम्बुको सोताङ गाउँपालिका हो । यस्ता सम्मानले काम गर्न थप हौसला मिल्ने राईको भनाई छ । उहाँ यस अघि २०६७ सालमा प्रहरी प्रधान कार्यालयबाट र २०७६ पनि जिल्ला प्रहरी कार्यालय मोरङमा रहँदा पनि उत्कृष्ट प्रहरी बन्न भएको थियो ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved