१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

alt
  • माघ ५, २०७७
  • अपराध न्यूज

लागुपदार्थ कारोबारसम्बन्धी मुद्दामा १३ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन्। गाँजासम्बन्धी मुद्दामा अदालतको फैसलाले सजाय तोकिएपछि फरार रहँदै आएका झापा खजुरगाछीका जयनारायण राजवंशीलाई झापा जिल्ला अदालतले ०६४ साल मंसिर ३ गते ५ हजार रुपैयाँ जरिवानासहित १ वर्ष कैदको फैसला गरेको थियो।

अदालतले सजायको फैसला गर्नासाथ फरार रहेका राजवंशीलाई गौरीगन्जको प्रहरी टोलीले माघ २ गते उनको घरबाटै पक्राउ गरी जिल्ला अदालत झापामा उपस्थित गराएको छ।

अदालतले राजवंशीलाई कैद भुक्तानका लागि जिल्ला कारागार चन्द्रगढी पठाउने आदेश दिएको छ। प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved